दार्जीलिङमा तीजको उल्लास, शिव र गणेश मन्दिरमा भीड

प्रकाशित मिति:

नेपाली हिन्दू नारीहरूको महान् पर्व हरितालिका तीज दार्जीलिङ पहाडमा पनि मनाइएको छ। दार्जीलिङ बजारसहित खर्साङ र कालेबुङमा पनि तीज पर्व हर्सोल्लासका साथ मनाइएको हो।कालेबुङका विभिन्न स्थानमा रहेका शिव र गणेश मन्दिरहरूमा बिहानैदेखि दर्शनार्थीको भीड लागेको थियो। तीजको व्रत निर्जल हुने र आजको दिन व्रतालु महिलाले पानी पनि नपिउने परम्परा छ।

दार्जीजिङका सञ्चारकर्मी राजु भण्डारीका अनुसार कालेबुङस्थित शिवालय र गणेश मन्दिरमा भेला भएका महिलाले पूजाआजा गरेका छन्। महिलाहरूले भगवान शिव, माता पार्वती र गणेशको कालो माटो वा रेत बालुवाको मूर्ति बताएर पूजा गरेका छन्।हिन्दू नेपाली नारीहरूको महान् पर्व हरितालिका तीजमा सौभाग्यका लागि व्रत गरिन्छ स्थानीय लक्ष्मी शर्मा भन्छिन् हामी निर्जल व्रत बस्छौं, मनोकामना पक्कै पूरा हुनेछ।महिलाहरूले आफ्नो परिवारको खुसी र श्रीमान्को सुस्वास्थ्यका लागि पूजा गर्छन्। बिहानैबाट सुरु भएको पूजा बेलुकासम्म चल्ने गर्छ।श्यामादेवी मन्दिरमा पूजा गर्न आएकी सिढफार्म निवासी सकुन छेत्रीले विवाहितहरूले श्रीमान्को दीर्घायुका लागि उपासना गर्ने बताइन्। ‘अविवाहित हरूले राम्रो श्रीमान् प्राप्त होस् भन्ने कामनाका साथ व्रत बस्ने गर्छन् उनले भनिन्।