हवाई हमलामा ६० जनाको मृत्यु

प्रकाशित मिति:

यमन । यमनको जेलमा हवाई हमला हुँदा ६० जनाको मृत्यु भएको छ । २ सेप्टेम्बरमा साउदी र युएईको सेनाको संयुक्त गठबन्धनले गरेको हमलामा ५० जना घाइते भएका छन् ।

अन्तर्राष्ट्रिय समाचार एजेन्सकिा अनुसार मध्य रातमा सुतिरहेका अवस्थामा पटक पटक हमला भएको थियो । घटनाका समयमा करिब १०० जना तल र १५० जना माथिलो तल्लामा रहेका थिए ।घटनामा एक सयको मृत्यु भउको हुनसक्ने अनुमान गरिएको छ । यमनमा विद्राही हुथीमाथि साउदी अरबले आक्रमण गर्दै आएको छ । यमनको युद्ध हाल आफ्नो पाँचौं वर्षमा छ । युद्धमा हजारौंको ज्यान लिइसकेको छ र संयुक्त राष्ट्र संघले विश्वको सबैभन्दा खराब मानवीय सकटको घोषणा गरेको छ ।एजेन्सी