महिला भलिवल प्रतियोगितामा एभरेष्ट बन्यो च्याम्पियन

प्रकाशित मिति:

कञ्चन-जगिलाल थापा/कञ्चन हरैया लायन्स क्लव अफ इन्टर नेश्नल,कञ्चन रुपन्देहीको आयोजनामा संचालित महिला भलिबल प्रतियोगितामा एभरेष्ट बोर्डिङ स्कुल बुटवल च्याम्पियन भएकोछ ।नवज्योती बोर्डिङ स्कुल तिलिलोत्तमा संग भएको फाइनल खेलमा एभरेष्ट बोर्डिङ स्कुल बुटवल ३ को सोझोसेटमा बिजयी भई च्याम्पियन बनेको हो।यसैगरी रिभरसाइड युवा क्लब,कञ्चन ४ र रुद्रपुर पिसल्याण्ड भुपु सैनिक स्कुल बिच तेश्रो स्थानको आजै भएको पहिलो फाइनल खेलमा रुद्रपुर पिसल्याण्ड भुपु सैनिक स्कुलले रिभरसाइड युवा क्लब,कञ्चन ४लाई ३१ को सेटमा पराजित गरि रुद्रपुर पिसल्याण्ड भुपु सैनिक स्कुल तेश्रो हुन सफल भएकोछ।

महिलाहरुको शसक्तिकरण र महिलाहरुको आन्तरिक खेल प्रतिभालाई सम्बर्द्धन गर्न आयोजित खुल्ला महिला भलिबल खेल प्रतियोगितामा सहभागी टिमलाई सम्बोधन गर्दै कञ्चन गाउपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले खेलकुदले युवाहरुको प्रतिभालाई उजागार संगै स्वस्थ जीवन बिताउन सहयोग मिल्ने भएकोले खेलकुद जिबनको लागि निकै महत्वपुर्ण रहेको बताउनु भएकोछ।महिलाहरुको महान पर्व तिजमा सांस्कृतिक पक्षलाई फरक ढंगले प्रबर्धन गरिदै आएकोमा महिलाहरुलाई लक्षित गरि भलिबल प्रतियोगिता संचालन गरिएको प्रति कञ्चन हरैया लायन्स क्लबलाई धन्यबाद ब्यक्त गर्नु भएको थियो।यसैगरी प्रतियोगितामा च्याम्पियन टिमलाई पुरस्कार प्रदान गर्दै कञ्चन गाउपालिकाका प्रशासकिय प्रमुख तथा कार्यक्रमका बिशिष्ट अतिथि कृष्ण प्रसाद पन्थीले खेलकुद स्वास्थ्य र राष्ट्रको लागि खेलिनु पर्ने र खेलकुदले खेलाडीको शारिरिक,मानसिक तथा सांस्कृतिक रुपमा पनि स्वस्थ र सक्षम हुने बताउदै खेलकुदको माध्यमबाट समाजमा एकता र समृद्धिको सन्देश प्रवाह गर्न सके समाजमा सकारात्मक सोंचको समेत बिकास हुने बताउनु भएकोछ।

कञ्चन हरैया लायन्स क्लब अफ ईन्टरनेश्नल बर्ष २०१९र२० का अध्यक्ष लायन दुर्गा सिंह क्षेत्रीले महिलाहरु सदैब घरको चुल्हो चौकामा मात्र सिमित नभै समय परिबर्तन संगै समाजको कुशल नेतृत्व दिन सक्ने महिला तयार गर्नेगरी महिलाहरुको महान पर्व तिजमा सांस्कृतिक नृत्य संगै तिजको गरिमालाई अझ फरक ढंगले सम्बर्द्धन गर्न महिला भलिबल प्रतियोगिताको आयोजना गरिएको बताउनु भएकोछ।प्रतियोगितामा च्याम्पियन हुने एभरेष्ट बोर्डिङ स्कुल बुटवलले नगद २० हजार प्राप्त गरेको छ भने दोश्रो हुने नवज्योती बोर्डिङ स्कुल तिलोत्तमाले नगद १५ हजार मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो।यसैगरी तृतिय हुने रुद्रपुर पिसल्याण्ड भुपु सैनिक स्कुल कञ्चनले नगद १० हजार र सान्तवना हुने रिभरसाइड युवा क्लब कञ्चनले ५ हजार र मेडल तथा प्रमाण पत्र प्राप्त गरेका छन।प्रतियोगितामा एभरेष्ट बोर्डिङ स्कुल,बुटवल,दुर्गा शैक्षिक गृह,सियारी,एभरग्रिन ईंलिस बोर्डिङ स्कुल,कञ्चन,हरैया मा।बि।ए र बि,रुद्रपुर पिसल्याण्ड भुपुसैनिक ईंलिस स्कुल,कञ्चन,मणिमुकुण्ड भलिबल क्लब,तिलोत्तमा,न्यु होराइजन ईलिस स्कुल,बुटवल,नवज्योती ईलिस स्कुल तिलोत्तमा,बालज्योती माध्यमिक बिधालय,कपिलबस्तु र रिभरसाईड युवा क्लब,कञ्चन गरि ११ समूहले भाग लिएका छन।कञ्चन हरैया लायन्स क्लब अफ ईन्टरनेश्नल बर्ष २०१९र२० का अध्यक्ष लायन दुर्गा सिंह क्षेत्रीको अध्यक्षतामा संचालित महिला भलिबल प्रतियोगिताको प्रमुख अतिथि कञ्चन गाउपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्री तथा कञ्चन गाउपालिकाका प्रशासकिय प्रमुख कृष्ण प्रसाद पन्थीको विशिष्ट आतिथ्यता रहेको थियो भने कार्यक्रममा कञ्चन गाउपालिका,समाजसेबी तिलकचन थापा९बुद्ध लामा०,रोयल पेन्टस चितवन,बुस्टर फिड्स बुटवल,कञ्चन कंक्रिट उधोग,कञ्चन,पौरखी एजुकेशन लगायतले सहयोग गरेका थिए।