पोर्तुगलमा नेपाली नारीहरुको भव्य तिज सम्पन्न

प्रकाशित मिति:

पुनम गौतम  लिस्वन हिन्दु नेपाली नारीहरुको महानपर्व हरितालिका तिजको पुर्वसन्ध्यामा नेपाली नारी समाज पोर्तुगलले लिस्वनमा भव्य कार्यक्रम सम्पन्न गरेको छ । नेपालमा दरखाने दिनको अवसर पारेर आयोजना गरिएको कार्यक्रममा कार्यतालिका अनुकुल मिलाएर रातो सारिमा बेहुली झैँ सजिएका दिदीबहिनीहरुको बाक्लो उपस्थिति रहेको थियो । समाजले आयोजना गरेको तिज गित नृत्य प्रतियोगिता एव्म विशेष सांस्कृतिक कार्यक्रम २०१९ मा भाग लिनका लागि उत्तिकै उत्साह समेत देखिएको थियो । साना नानीहरु आफ्नो प्रतिभा देखाउन आतुर थिए भने उनीहरुले परदेशि भूमिमा आफुमा भएको प्रतिभा देखाउने राम्रो अवसर समेत पाएकोमा खुशी व्यक्त गरेका थिए ।

वर्षमा एकपटक मनाउने यस पर्वलाइ विशेषत दिदिबहिनीहरुले एक महिना अगाडी देखि नै मानाएता पनि विदेशी भुमिमा समायानुकुल नहुने र लिस्वनमा आइतबार धेरै नेपालीहरुको बिदा हुने भएकाले पनि तिजमा आयोजना गरिएको कार्यक्रमले नेपालीहरुलाइ स्वदेशको झल्को मेटाएको छ । स्थापनाकाल देखि नै नेपाली कला,संस्कृतिको संरक्षण र संवद्र्धन गर्दै आईरहेको समाजले नेपाली महत्वपूर्ण ठुला चाडपर्वहरुमा यसरी नै कार्यक्रम गर्दै आईरहेको छ । तिज गितमा नाच्नको लागि बिहान काममा गएर आउने र ब्रेकमा आउनेहरुको पनि कमि भने देखिएन् । हरेक वर्ष तिज गितमा नाच्नका लागि मात्र नभई समाजले नेपालमा परेका हर समस्यामा हातेमालो गर्ने गरेको छ । त्यस्तै यसवर्ष पनि कर्णालीको विकट कालिकोटमा निर्माणाधीन रास्कोट हस्पिटल सहयोगार्थ आर्थिक रकम संकलन गरेको छ । त्यसैगरी बिनोद मगर,सन्जय लामा र सीता बरालको निर्णायक भुमिकामा गरिएको तिज गित नृत्य प्रतियोगितामा १० वर्ष मुनिको प्रतियोगितामा क्यारोन चौधरी प्रथम, सुरक्षा आलेमगर द्धितिय, त्यस्तैगरी प्रमिशा अधिकारी र सोनी रोका सामुहिक नृत्यमा प्रथम भएका थिए । यसैगरी १० वर्ष माथिको प्रतियोगितामा आर्जु मल्ल प्रथम र आयुष्मा मल्ल द्धितिय भएका थिए ।

उत्कृष्टहरुलाई क्रमशः पुरस्कार वितरण गरिएको थियो भने सहभागीहरुलाई समेत प्रमाणपत्र वितरण गरिएको थियो । पुरस्कृतहरुलाई नम्रता घिमिरे प्रोप्राईटर रहनुभएकी नम व्युटिपार्लरले दुई हप्ते स्पेशल कोर्ष प्रदान गर्नेछ भने मेरो सारीकी प्रोप्राईटर कल्पना कार्की,कान्छी सारीकी प्रोप्राईटर लक्ष्मि परीयार र स्मार्ट लुक्स एण्ड व्युटीकी प्रोप्राईटर शान्ति भट्राई र भ्वाईस अफ नेपाल अनलाईन टि।भीले पुरस्कार प्रायोजन गर्नुभएको थियो ।

यसैबिच नेपाली नारी समाज पोतुगलले आयोजना गरेको तिज गित नृत्य प्रतियोगिता एवम् बृहत् सांस्कृतिक कार्यक्रमको औपचारिक कार्यक्रममा ८१ वर्षिय वुद्ध आमा देवकला सापकोटा प्रमुख अतिथि रहनुभएको थियो । त्यसैगरी पोर्चुगलका लागि पर्यटन दुत रमेशकुमार गुरुङ बिशिस्ट अतिथी, एनआरएनए, पोर्चुगलका प्रस्तावित आइ सीसी सदस्य नारायणकाजी मगर र रबिन्द्र अधिकारी, एनआरएनए अध्यक्ष तिलक गैरे, अबैतानिक बाणिज्य दुतका प्रतिनिधि मोहन थापा लगायत विभिन्न संघ सस्था बाट उपस्थिती रहेको थियो । नेपाली नारी समाजकी अध्यक्ष जयकला राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ल्च्ल्ब् पोर्तुगलको सातौ अधिबेशन बाट निर्वाचित कार्यसमिति लाई बधाई सहित स्वागत गरिएको थियो । कार्यक्रममा उपस्थित चेलीहरुलाई नेपाल सरकार लिसवनका लागि अबैतानिक दुत मकर बहादुर हमालद्धारा फलफुल प्रदान गरिएको थियो । त्यस्तै ठकुरी समाज, पोर्चुगलका अध्यक्ष दीपेन्द्र शाहीले पिउने पानी प्रदान गर्नुभएको थियो । तामाङ समाजकि अध्यक्ष सुनिता ब्लोन तामाङले कार्यक्रम स्थलमा दर खुवाउनु भएको थियो ।