प्रथम तिज महोत्सवबाट सवलपोष्ट गुल्मीका संवाददाता खत्री सम्मानित ।

प्रकाशित मिति:

बाग्लुङ्ग – बाग्लुङ्गको गलकोट नगरपालिका ७ मल्ममा स्थित नाच्ने डाँडा संरक्षण समाज सञ्चालन गरेको प्रथम तिज महोत्सवका अवसरमा सवलपोष्ट अनलाइनका गुल्मी संम्वाददाता कौरव खत्री सम्मानित भएका छन् । आइतवार देखि शुर भएको प्रथम तीज महोत्सवमा गलकोट क्षेत्रबाट सञ्चार क्षेत्रबाट सहयोग पु¥याएको भन्दै पत्रकार कौरव खत्रीलाई सम्मान पत्र मायाको चिनो र दोसल्लाले सम्मान गरिएको हो ।

गुल्मी जिल्ला मुसिकोट नगरपालिका २ मुसिकोट अमिले निवासी पत्रकार खत्रीले विगत ८÷१० बर्ष यता निरन्तर रुपमा रेडियो, पत्रपत्रिका,अनलाइन खवर र टेलिभिजन लगायतका सञ्चारमाध्यममा आवद्ध भई सक्रियताका साथ सञ्चार जगतमा निरन्तर रुपमा क्रियाशिल भई पत्रकारिता गदै आएका खत्रीले पछिल्लो समयमा बाग्लुङ्गको पश्चिम क्षेत्रबाट सक्रिय भई समाचार सम्प्रेषण गदै आएका छन् । लोपोन्मुख कला संस्कृति हाम्रो शान, नाच्ने डाँडाको संरक्षण हाम्रो अभियान” भन्ने मुल नाराका आईतवार देखि सुरु भएको तीज महोत्सवमा अन्र्तगत खुल्ला एकल नृत्य तथा सामुहिक नृत्य र विभिन्न प्रतियोगिताहरु सञ्चालनसँगै सोमवार सम्पन्न भएको तीज महोत्सवमुल समारोह समितिका संयोजक कोपिला खड्काले जानकारी दिइन ।