राष्ट्रपति सी चिनफिङ नेपाल आउन इच्छुक भएसँगै भ्रमणको तयारी तीव्र

प्रकाशित मिति:

काठमाडौँ –चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल भ्रमणमा आउन सकारात्मक भएसँगै दुवै मुलुक भ्रमणको तयारीमा जुटेका छन् । आगामी असोज अन्तिम साता सी नेपाल आउने भएसँगै भ्रमणको तयारी अघि बढाइएको हो ।

राष्ट्रपति सी आगामी असोज अन्तिम साता भारतको तमिलनाडुस्थित ममल्लापुर भ्रमणमा जाने सोही क्रममा काठमाडौँ आउने बताइएको छ । सी नेपाल हुँदै भारत जाने वा भारत भ्रमण सकेर नेपाल आउने भन्नेबार अझै टुंगो नलागे पनि उनको भ्रमण हुने बलियो संकेत आएसँगै यसबारे तयारी अगाडि बढाइएको गृह मन्त्रालयले जनाएको छ ।सीको भ्रमणको सुरक्षा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा नेपालले प्रदान गरेको सुरक्षाभन्दा कमजोर हुन नहुने चिनियाँ पक्षको जोड रहेको सो मन्त्रालयका एक अधिकारीले बताएको समाचार नेपाल समाचारपत्रले छापेको छ ।