यसै साताभित्र तल्लो तहको एकीकरण टुंग्याउने नेकपाको तयारी

प्रकाशित मिति:

तीन महिनाअघि केन्द्रमा पार्टी एकता गरेको नेकपाले यसै साताभित्र तल्लो तहको एकीकरण टुंग्याउने भएको छ । त्यसका लागि दिनहुँजसो प्रदेश र जिल्लाको नेतृत्व मिलाउन कार्यदलका बैठक बसिरहेका छन् ।

केन्द्रीय नेता र सांसद अन्य काम छोडेर एकता प्रक्रिया टुंग्याउन व्यस्त भएका छन् । धेरै केन्द्रीय नेता र सांसद जिल्ला पुगेका छन् । नेतृत्वका लागि तत्कालीन एमाले र माओवादी पक्षको होडबाजी छ । आफ्नो पक्षका नेतालाई नेतृत्वमा पुर्‍याउन केन्द्रीय नेताले लबिइङ थालेका छन् ।

नेतृत्वको दाबी बढेपछि साउन मसान्तसम्म समय तोकिए पनि सबै प्रदेश र जिल्लाले टुंगो लगाउन सकेनन् । त्यसैले कार्यदललाई ५ गतेभित्र सबै मिलाइसक्न समय थपिएको थियो । उक्त समयसमेत घर्किन लागेपछि जिल्ला र प्रदेशका नेताहरू राजधानीभित्रै र बाहिर दिनहुँ बैठक गरिरहेका छन् ।

थप समाचार