पढेलेखेका महिलाहरुले सठिविकेटलाई सिरानीमुनी होइन, देखाएर लोकसेवाको तयारी गर्न महिलाहरुलाई आग्रह

प्रकाशित मिति:

कौरव खत्री- बाग्लुङ्ग/ गण्डकी प्रदेशका सामाजिक तथा शिक्षा मन्त्री नरदेवी पुनले पढेलेखेका महिलाहरुले आफ्नो सठिविकेट सिरानीमुनी राखेर नबसी देखाए लोकसेवा तयारी गर्न आग्रह गरिन ।सोमवार नाच्ने डाँडा संरक्षण समाज गलकोट नगरपालिका ७ मल्म बागलुङले आयोजना गरेको प्रथम तीज महोत्सवको उद्घाटन गदै प्रमुख अतिथि मन्त्रीले यस्तो बताएकी हुन ।साथै मन्त्री पुनले कला र भाषाको प्रज्ञाप्रतिष्ठान बनाउने तयारी प्रदेश लागेको बताउदै उनले विकास निर्माणको लागि वडादेखि नै योजना बनाएर अगाडी बढ्न आग्रह गरिन ।

त्यस्तै मन्त्री पुनले संविधानले हरेक ठाँउमा समावेशी रुपमा महिलाको व्यवस्था गरेको महिला दिदिबहिनीहरु सामाजिक शैक्षिक र स्वास्थ्यका हिसावले सक्षम हुनु जरुरी रहेको बताइन । साथै अवसरमा गण्डकी प्रदेशका सांसद सावित्रा राना र जिल्ला समन्वय समितिका सदस्य रुपा विक,ढोरपाटन नगरपालिकाका नगरप्रमुख देव कुमार नेपाली लगायतले शुभकामना मन्तव्य राखेका थिए ।सोही अवसरमा जिल्ला समन्वय समिति बाग्लुङ्गका सदस्य दल बहादुर थापा, ताराखोला गाँउपालिकाका अध्यक्ष प्रकाश घर्ति,सामुदायिक केन्द्र गलकोटका अध्यक्ष मञ्जु चालिसे,गलकोट बहुउद्देश्यीय सहकारी संस्थाका प्रवन्धक मिना श्रेष्ठ घुम्टे युवा परिवार गनपा ७ मल्मका अध्यक्ष थम्मन थापा शन्देश,बहुचर्चित लोक दोहोरी गायक विष्णु खत्री, चर्चित लोक दोहोरी गायिका फुलमाया केसी,चर्चित लोक दोहोरी गायक रेशम निर्दोशसञ्चारकर्मी कौरव खत्री, लगायतको सहभागिता रहेको थियो ।लोपोन्मुख कला संस्कृति हाम्रो शान, नाच्ने डाँडाको संरक्षण हाम्रो अभियान” भन्ने मुल नाराका आईतवार देखि सुरु भएको तीज महोत्सवमा अन्र्तगत खुल्ला एकल नृत्य तथा सामुहिक नृत्य र विभिन्न प्रतियोगिताहरु सञ्चालन भएको तीजमहोत्सव मुल समारोह समितिका संयोजक कोपिला खड्काले जानकारी दिइन ।

तीजको मौलिक कला संस्कृतिको संरक्षण प्रर्वद्धनसँगै गलकोट क्षेत्रकै धार्मिक तथा ऐतिहासिक महत्व बोकेको स्थलका रुपमा परिचित नाच्ने डाँडाको संरक्षण गर्दै शिद्वेश्वर शिवालय मन्दिरलाई धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न नाच्ने डाककडा तीज महोत्सव आयोजना गरिएको महोत्सव प्रचार प्रसार संयोजक एवं समाजका सह–सचिव थम्मन थापाले जानकारी दिए ।तिज महोत्सवका अवसरमा सामुहिक तथा नृत्य, एकल नृत्य, खुल्ला तीज नाचगान, बयोवृद्धा महिलाहरुलाई अभिनन्दन, प्रायोजक तथा सहयोगदाता सम्मान गरिएको थियो ।महोत्सवमा नाच्ने डाँडा संरक्षण समाजको लागि अक्षयकोषमा रहने गरि ढोरपाटन नगरपालिकाका नगरप्रमुख देवकुमार नेपालीले रु.१लाख,१हजारदिने घोषणा गरेका थिए । साथै अवसरमा घुम्टे युवा परिवारको जापान शाखाद्धारा सहयोग प्राप्त गलकोट नगरपालिका ७ मल्म भल्साङ निवासी एकल वृद्धा मनकुमारी थालाई नगद ३ लाख,५५हजारको चेक हस्तान्तरण गरिएको थियो ।राष्ट्रिय स्तरमा ख्याती प्राप्त कलाकारहरु बहुचर्चित लोक दोहोरी गायक विष्णु खत्री, चर्चित लोक दोहोरी गायिका फुलमाया केसी,चर्चित लोक दोहोरी गायक रेशम निर्दोश लगायतका कलाकारहरुको बेजोड सांगितिक प्रस्तुती रहेको थियो ।नाच्ने डाँडामा परम्परागत रुपमा झण्डै २ सय वर्ष भन्दा अगाडी देखि तीज मेला हुदै आईरहेको पाकापुस्ताहरुको भनाई छ ।नाच्ने डाँडा संरक्षण समाजको मुल आयोजना, सिद्वेश्वर शिवालय सेवा समितिको आयोजना तथा विभिन्न संघ संस्थाहरुको सह–आयोजनामा सञ्चालन भईरहेको छ ।नाच्ने डाँडा तीज महोत्सव नाच्ने डाँडा संरक्षण समाज मल्मका अध्यक्ष कोपिला खड्काको अध्यक्षता, गनपाका वडा सदस्य मिना दर्जीको स्वागत मन्तव्यसँगै शुरु भएको कार्यक्रमको सञ्चालन भने सचिव कोपिला थापा र सरस्वती केसीले गरेका थिए ।