सन्तानलाई जन्म दिन मन्त्रि साईकलमा अस्पताल

प्रकाशित मिति:

न्युजिल्याण्डकी महिला मन्त्री आफ्नो पहिलो सन्तानलाई जन्म दिन आफैं साइकल चलाएर अस्पताल पुगेकी छन्। द ग्रिन पार्टीकी जुली जेन्टर गर्भवती भएको ९ महिना पछि साइकल चढेर अस्पताल गएकी हुन्।कारमा बस्नका लागि पर्याप्त ठाउँ नपुग्ने भन्दै उनले साइकलमा जाने निर्णय गरेकी हुन्।

उनी स्थानीय समय अनुसार आइतबार बिहान साइकल चलाएर अस्पताल गएकी हुन्। मन्त्री जेन्टरले पतीसँगै साइकलमा जाँदै गर्दाको तस्बिर इन्स्टाग्राममा पोस्ट गरेकी छन्।