वडा अध्यक्ष चड्ने मोटरसाईकलमा आगजनी

प्रकाशित मिति:

दिनेश पाण्डे/अर्घाखाँची – अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वडा नं. ७ भगवतीका वडा अध्यक्ष शोभाखर पाण्डे चढ्ने मोटरसाईकलमा अज्ञात समुहले आगजनी गरेका छन ।  गएराति भएको आगोलागीमा मोटरसाईकल जलेर पुर्ण रुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक प्रकाश विष्टले जानकारी दिए ।

लु १ ब १६८८ नम्बरको मोटरसाईकल वडा अध्यक्ष शोभाखर पाण्डेको घरभन्दा नजिकै पाकिङ्ग गरेर राखिएको थियो । वडा अध्यक्ष पाण्डेका अनुसार मोटरसाईकल बिहान साढे ४ तथा पौने ५ बजे तिर जलाईएको हुन सक्ने बताए । मोटसाईकल जलाउँने अज्ञात समुहको खोजी भैरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।