लोकप्रिय युवाकवि नवराज पराजुली पोर्तुगल आउने

प्रकाशित मिति:

लिस्बन –सगरमाथाको गहिराई नापिसकेका लोकप्रिय युवाकवि नवराज पराजुली आफ्नो कविता ‘स–प्रेम’ पस्कन पोर्तुगल आउने भएका छन् । युरोपका विभिन्न मुलुक हुँदै मेला ‘लिस्बोआ’को आयोजनामा हुने कविता कन्सर्टको लागि यही ८ सेप्टेम्बरमा कवि पराजुली पोर्तुगल आउदै छन् ।कन्सर्ट ‘जिनासियो हल रुवा दा आन्जोस, ६३, ११५०–०३५ लिज्बन’मा ८ सेप्टेम्बर ९आइतबार० बेलुकी ६ बजे हुने भएको छ । ‘रोनाल्डोको देशमा एउटा नयाँ खेल हुँदैछ, खेलम् ल रु’ भन्दै समाजिक संजाल मार्फत कवि पराजुलीले कार्यक्रममा सबैलाई चुल्हो निम्तो दिएका छन् ।

पद्माश्री पुरस्कारबाट पुरस्कृत कविको सगरमाथाको गहिराई कविता सङ्ग्रह युरोपको अन्तिम बिन्दूमा बसेका हामी नेपालीले सहजै पढ्न पाउने भएका छौं । विदेशमा बसेर पनि देशको माटो र साहित्यमा कलम चलाइरहेका साहित्यिक मनहरुलाई यस कार्यक्रमले झनै उर्जा थप्ने छ ।मेला लिस्बोआले युवाकवि नवराज पराजुलीको साथमा आफ्नो साहित्यिक लेख रचना पनि प्रस्तुत गर्न पाइने ब्यवस्था मिलाएको छ । जसका लागि आफ्नो लेख रचना सेप्टेम्बर ७ तारिख भित्र सर्जकहरुले मेला लिस्बोआलाई पठाई सक्नुपर्ने जानकारी गराएको छ ।यस प्रकारको कार्यक्रमले नेपाली साहित्य, देशको संस्कृति र मातृभाषालाई हृदयबाट जोड्न थप टेवा पुग्ने मेला लिस्बोआका ब्यवस्थापक हरि बिक्रम थापाले बताए । कर्यक्रम सफल, सभ्य र भब्य बनाउन कुनै कसर बाँकी नराख्ने थापाको भनाइ छ ।कार्यक्रममा स्वतस्फुर्त सहभागिताका लागि सम्पूर्ण पोर्चुगलबासी नेपाली दाजुभाई, दिदीबहिनी, बुबा–आमा र सामाजिक अभियन्ताहरुलाई मेला लिस्बोआले आमन्त्रण गरेको छ ।