बसबाट सडकमा फोहोर फाले पाँच हजार जरिवाना हुने

प्रकाशित मिति:

काठमाडौँ –सार्वजनिक बसबाट सडकमा फोहोर फालेमा पाँच हजारसम्म जरिवाना हुने भएको छ ।संसदमा छलफलका क्रममा रहेको काठमाडौं उपत्यका सार्वजनिक यातायात प्राधिकरण गठन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा यस्तो व्यवस्था गरिएको छ ।विधेयकमा उल्लेख भएअनुसार बसमा असभ्य तथ अमर्यादिन भाषा प्रयोग गरेमा पनि ५ हजारसम्म जरिवाना हुने छ । नक्कली परिचयपत्र देखाएर सुविधा प्रयोग गर्न खोजमा पनि अब कारबाही गरिने भएको छ ।

सरकारले सार्वजनिक यातायातभित्र सहचालक, चालक तथा यात्रुसँग अमर्यादित भाषाको प्रयोग गरे १ हजार देखि ५ हजारसम्मको जरिवानाको व्यवस्था छ ।सार्वजनिक बसमा यात्रुसँग अमर्यादित भाषा प्रयोग गरेमा पनि चालक तथा सहचालकलाई ५ हजारसम्म जरिवाना गरिने उल्लेख छ ।त्यसैगरी सार्वजनिक यातायातभित्र ज्यष्ठ नागरिक अपांगता भएका व्यक्ति, बालबालिका तथा यात्रुसँग अमर्यादित व्यवहार गरेमा १ देखि ५ हजारसम्म जरिवानाको व्यवस्था छ ।यातायातमा फोहर गर्ने तथा सर्वाजनिक सवारीबाट सडकमा फोहोर फालेमा १ देखि ५ हजारसम्म जरिवाना हुने व्यवस्था छ । सरकारले काठमाडौं उपत्याको सर्वाजनिक यायायातलाई व्यवस्थापन गर्न भन्दै विधेयक तयार गरेर संसदमा पेस गरेको हो ।