युवा स्टार डे जोङलाई ‘जोहान क्रुप ट्यालेन्ट अफ् द इयर अवार्ड’

१८ भाद्र २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया
24 Shares


एजेन्सी –स्पेनिस बार्सिलोना तथा नेदरल्यान्ड्सको राष्ट्रिय टोलीका स्टार खेलाडी फ्रेन्की डे जोङले ‘जोहान क्रुप ट्यालेन्ट अफ् द इयर अवार्ड’ जितेका छन् । हालै नेदरल्यान्ड्सको लिर्भसममा आयोजित एक कार्यक्रममा उक्त अवार्ड प्रदान गरिएको हो ।

‘जोहान क्रुफ ट्यालेन्ट अफ् द इयर अवार्ड’ हरेक वर्ष नेदरल्यान्ड्सको शीर्ष र दोस्रो डिभिजनमध्येबाट एक युवा र क्षमतावान् खेलाडीलाई दिइन्छ । गत सिजनको प्रदर्शनका आधारमा डे जोङलाई यसपटकको उक्त अवार्ड जितेका हुन् ।यो अवार्ड सन् १९८४ देखि हरेक वर्ष दिइँदै आएको छ । यो अवार्ड नेदरल्यान्ड्सका लिजेन्ड खेलाडी जोहान क्रुफको सम्मानमा स्थापना गरिएको हो । आफ्नो करिअर दौरान तीनपटक बालोन डि‘ओर जितेका क्रुफ स्पेनिस बार्सिलोनाका लिजेन्ड खेलाडीमा पर्छन् ।सन् १९४७ को अप्रिलमा जन्मिएका जोहानको सन् २०१६ को मार्चमा ६९ वर्षको उमेरमा निधन भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया