तेस्रो नेटगियर आइसिटी अवार्ड २०१८’ सम्पन्न

प्रकाशित मिति:

लिभिङ विथ आइसिटीको आयोजनामा तेस्रो संस्करणको ‘नेटगियर आइसिटी अवार्ड २०१८’ सम्पन्न भएको छ । ‘सूचना प्रविधिमा सम्भावना र उत्कृष्टताको खोजी’ मूल नारासहित राजधानीमा भएको एक समारोहमा विभिन्न ७ विधामा आइसिटी अवार्ड प्रदान गरियो । विभिन्न विधामा सर्वोत्कृष्ट भएका विजयीहरुलाई सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटासहित विशिष्ट अतिथिहरुले सम्मान गरेका थिए ।

सोअवसरमा बोल्दै मन्त्री बास्कोटाले सरकारले आइसिटी क्षेत्रका लागि आवश्यक नीति र पूर्वाधारको वातावरण तयार पारिरहेको बताए । समाज सरलबाट जटिलतर्फ जाने चर्चा गर्दै उनले मानिसको जीवन सहजताका लागि नयाँ प्रविधिको विकास भइरहेको बताए । ‘नेपालको आइसिटी क्षेत्रमा पनि केही हुँदैछ भन्ने प्रमाण आइसिटी अवार्डले दिएको छ ।