पूर्वराजदूत झाको हत्या आफ्नै कामदारबाट प्रहरीको पहिचान

१८ भाद्र २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया


काठमाडौँ –प्रहरीले पूर्वराजदूत केशवराज झाको हत्या आफ्नै कामदारले गरेको निष्कर्ष निकालेको छ । लामो अनुसन्धानपछि प्रहरीले झाको घरमा नै काम गर्दै आएका सानुकान्छा तामाङ नै हत्यारा भएको निष्कर्ष निकालेको हो ।उक्त घटनाको अनुसन्धान गरिरहेको महानगरीय अपराध महाशाखाले हत्याराको पहिचान भएको दाबी गरेको छ ।

फ्रान्सका लागि पूर्व राजदूत झाको हत्यामा सानुकान्छाको संलग्नता रहेको पुष्टी भएको घटनाको अनुसन्धान गरिरहेको महाशाखाका एक अधिकारीले जानकारी दिए ।हत्यामा संलग्न रहेका सानुकान्छाले तलबको विषयलाई लिएर पटकपटक असन्तुष्टि जनाउँदै आएको र आफूलाई थोरै तलब भएको भन्दै मिडियाकर्मीलाई समेत जानकारी गराएको तथ्य प्रहरीले फेला पारेको खबर नेपाल समाचारपत्र दैनिकमा छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया