रोनाल्डो १० औं पटक बने पोर्चुगिज उत्कृष्ट खेलाडी

प्रकाशित मिति:

एजेन्सी –स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोले १० औं पटक पोर्चुगिज वर्ष खेलाडीको अवार्ड जितेका छन् । योसँगै उनी लामो समयसम्म यो उपाधि जित्ने पहिलो खेलाडी बनेका छन् ।३४ वर्षीय रोनाल्डोले २००७ देखि यो उपाधिमा बर्चश्व जमाउँदै आएका छन् । यो बीचमा उनले २०१० र २०१४ मा मात्र उपाधि जित्न सकेनन् । २०१० मा सिमाउ र २०१४ मा पेपे उत्कृष्ट बनेका थिए ।

रोनाल्डोले यो सिजन उपाधि जित्न एट्लेटिको मड्रिडका जोहो फेलिक्स र म्यानचेस्टर सिटीका बर्नान्डो सिल्भालाई पछि पारे । यो सूचीमा मिडफिल्डर ब्रुनो फर्नान्डेस र उल्भ्सका रुबेन नाभास पनि रहेका थिए ।व्यक्तिगत रुपमा सबैभन्दा ठूलो मानिएको अवार्डले उनले लियोन मेस्सीले जस्तै ५ पटक जितिसकेका छन् । हालै मात्र युइएफले प्लेयर अफ दी अवार्ड जित्नबाट चुकेका रुनाल्डो अब फिफा दि बेष्ट अवार्डको पर्खाइमा छन् ।त्यसमा पनि यसअघिका अवार्डमा जस्तै लिभरपुलका भान डिक, बार्सिलोनाका मेस्सीसँग प्रतिस्पर्धा छ । द बेस्ट अवार्डको घोषणा सेप्टेम्बर २३ मा मिलानमा गरिनेछ ।