जनतामाथि खेलवाड सरकारले नै गुणस्तरहीन जीवनजल वितरणका लागि जिल्लातर्फ

१८ भाद्र २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया
37 Shares


काठमाडौं- सर्वसाधारणको स्वास्थ्यप्रति संवेदनशील हुनुपर्नेमा सरकारले नै गुणस्तरहीन जीवनजल खरिद गरेर वितरणका लागि जिल्लातर्फ पठाएको पाइएको छ ।

आमनागरिकको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने स्वास्थ्य सेवा विभागले १ करोड ७८ लाख ८० हजार रुपैयाँ मूल्य बराबरका गुणस्तरहीन जीवनजल खरिद गरी वितरणका लागि जिल्लातर्फ पठाएको हो ।विभाग आफैंले बनाएको ‘स्पेसिफिकेसन’विपरीत सो मूल्य बराबरका जीवनजल खरिद गरेको कागजात राजधानी दैनिकले फेला पारेको हो । विभागअन्तर्गत रहेको व्यवस्थापन महाशाखाको मिलेमतोमा अनियमित तरिकाले औषधि खरिद गरेर सो रकम भुक्तानी गरेको देखिएको छ । यो खबर आजको राजधानी दैनिकले छापेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया