फिल्म ‘शाहो’ ले चार दिनमा कमायो यति धेरै

१८ भाद्र २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया
118 Shares


एजेन्सी- श्रदा र प्रभाष अभिनित फिल्म ‘शाहो’ ले ३ सय करोड भारु कमाएको छ । समालोचकहरुबाट खराब समीक्षा पाए पनि फिल्मले चार दिनमा राम्रो कमाइ गरेको छ ।चलचित्रले बक्स अफिसमा अपेक्षा अनुसार प्रदर्शन गरिरहेको छ । हिन्दी संस्करणबाट मात्र चलचित्रले १ सय करोड भारु कमाएको छ । त्यस्तै, चलचित्रले तामिल र तेलुगु भाषमा पनि राम्रो आम्दानी गरिरहेको छ ।

करिब ३५० करोड भारुमा निर्माण भएको भनिएको चलचित्रको अधिकांश सुटिङ दुबई र अबुधाबीमा गरिएको थियो । फिल्ममा श्रदा र प्रभाषका अलवा अरुण विजय, ज्याकी श्रौफ, निलनितिन मुकेश र मन्दिरा बेदीको भूमिका रहेको छ । फिल्मको कथा कमजोर भनिएको भएपनि फिल्ममा श्रदा र प्रभाषको अभिनयको भने चौतर्फी चर्चा गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया