टिचिङ परिसरमा नाराबाजी गर्ने १५ जना मेडिकल विद्यार्थी प्रहरी नियन्त्रणमा

१८ भाद्र २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया
300 Shares


काठमाडौं– त्रिवि शिक्षण अस्पतालको इन्टिच्युट अफ मेडिसिन (आइओएम) मा नाराबाजी गर्ने १५ जना मेडिकल विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मेडिकल शिक्षाका नाममा सरकारी मेडिकल कलेजहरुले नै ठगी गरेको भन्दै आन्दोलनरत मेडिकल विद्यार्थीहरुले बुधबार बिहान ९ बजेदेखि नै आइओएमको प्रवेशद्धार अगाडि नाराबाजी गरेका थिए । आन्दोलनरत मेडिकल विद्यार्थीलाई आइओएमभित्र प्रवेशमा रोग लगाएपनि अस्पताल परिसरममा नाराबाजी चर्किएपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको जनाएको छ ।

मेडिकल शिक्षाका नाममा सरकारी मेडिकल कलेजहरुले नै ठगी गरेको भन्दै मेडिकल विद्यार्थीले आइतबार आइओएमको परीक्षा नियन्त्रण शाखा र डिनको कार्यलयमा तालाबन्दी गरेका थिए । आइओएमले परीक्षा नियन्त्रण शाखाको ताला खुलाएपछि बुधबार बिहान ९ बजे विद्यार्थीहरु पुन तालाबन्दीका लागि आइओएम पुगेका थिए । उनीहरुले आफूहरुको माग पुरा नभएसम्म एमवीवीएस, विडिएस, नर्सिङ लगायतका मेडिकल शिक्षाका नयाँ भर्नाका लागि भदौं २१,२२ र २३ गते हुन लागेको प्रवेश परीक्षा हुन नदिने अडान राख्दै आएका छन् । यता सरकारले भने कुनैपनि हालतमा मेडिकल शिक्षाको नयाँ शैक्षित शत्रका लागि प्रवेश परीक्षा गराउने भन्दै आइओएममा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरी आन्दोलनरत विद्यार्थीलाई प्रवेशमा रोक लगाएको छ ।

आन्दोलनरत विद्यार्थीहरुले संघर्ष समिति नै बनाएर विभिन्न माग राख्दै आन्दोलन गर्दै आएका छन् । उनीहरुले चिकित्सा शिक्षा ऐनमा व्यवस्था भएअनुसार यसै शैक्षित शत्रदेखि ७५ प्रतिशत छात्रावृत्ति हुनुपर्ने, गण्डकी मेडिकल कलेजले विद्यार्थीसँग लिएको बढी शुल्क फिर्ता गर्नुपर्ने र छात्रावृत्तिमा अध्ययनरत विद्यार्थीलाई विभिन्न बाहानामा शुल्क उठाउन नपाइने लगायतका ११ बुंदे माग राखेका छन् ।उनीहरुले आफ्ना मागहरुमा ७५ प्रतिशत छात्रावृत्तिको व्यवस्था, गण्डकी मेडिकल कलेजले लिएको शुल्क फिर्ता र छात्रावृत्तिमा पढेका विद्यार्थीलाई अन्य शुल्क नलिन व्यवस्था मात्रै गरे पनि तत्कालका लागि नयाँ शैक्षित शत्रको प्रवेश परीक्षा नरोक्ने बताएका छन् ।परीक्षा नै सञ्चालन हुन नदिने भन्दै मेडिकल विद्यार्थीहरु आन्दोलित भएपछि शिक्षा मन्त्रालयले आन्दोलनरत विद्यार्थीसँग वार्ता गर्ने तयारी गर्दैछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • जेठ २५ भित्र कर बुझाउन करदातालाई सरकारको निर्देशन नबुझाए जरिवाना…
  • जनता र जनप्रतिनिधि नचिन्ने अर्थमन्त्रीले जनभावना बुझ्न नसक्ने नेता कण्डेलको…
  • महामारीको दोस्रो छाल पहिलो भन्दा पनि घातक हुन सक्छ-डब्ल्युएचओ
  • कोरोनालार्ई परास्त गरि नवलपरासीका पहिलो कोरोना संक्रमित सहित ३ जना…
  • लकडाउन प्रभावित परिवारलाई राहत वितरण गर्दै अभियानता चौधरी
  • नेपाल शिक्षक संघद्धारा गलकोट नगरपालिकाको राहत कोषमा दश हजारको चेक…
  • दशगजामा सडक निर्माण कार्य अबिलम्ब रोक्न भारतलाई चेतावनी
  • समाजवादी र राजपाले दर्ता गराए संविधान संशोधन प्रस्ताव
  • माछा मार्ने कारवाहिमा
  • पश्चिम नवलपरासीको सरावलमा १ जनामा कोरोना संक्रमित, जिल्लामा संक्रमित ६…