दुर्घटनाबाट बच्यो सीता एयर, उडिरहेको बेला इन्जिन फेल

प्रकाशित मिति:

काठमाडौं– सीता एयरको जहाज दुर्घटनाबाट बचेको छ । बुधबार विहान लुक्लाबाट काठमाडौंका लागि उडेको ९ एन–एजेएच जहाजको एउटा इन्जिन आकाशमै फेल भएको थियो ।

एक इन्जिन फेल भएपनि भएपनि चालकले विमानलाई सुरक्षित रुपमा काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराएका थिए । विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले बुधबार विहान ९ बजे जहाज आकस्मिक अतवरण भएको जानकारी दिए ।जहाजमा यात्रु भने थिएनन् ।