वृद्ध महिला लाई यातना दीने दुई जना पक्राउ

प्रकाशित मिति:

भाद्र ४ आफूलाई इसु धर्मको समर्थक बताउने समूहले चरम यातना दिएपछि ६० वर्षीया वृद्ध महिला गाउँबाटै विस्थापित भएकी छन् । मानसिक यातना सहन नसकेपछि पीडित वृद्धा र उनका आफन्तले जिल्ला प्रहरी कार्यालयमा निवेदन दर्ता गराएका थिए । पाल्पाको निस्दी ४ मित्याल भन्टाके पाल्पाकी ती वृद्ध प्रहरीमा उजुरी दिएर घर फर्केपछि गाउँमा बस्न नसकेर विस्थापित भएकी हुन् । आफ्नो घरमा नै बस्न नसक्ने अवस्था आउनेगरी उनीहरुले वृद्धा महिलाको बेइज्जत गरेका थिए । त्यसपछि ती महिला गाउँमा फर्के छैनन् । उनलाई ६ महिनादेखि आफन्तकै सहयोगमा यातना दिँदै आएको आरोप छ । काम्ने र बोक्सी भन्दै विभिन्न यातना दिने गरेका थिए । स्थानीय बासिन्दाका अनुसार आफ्नो घरमा नबसी कहिले मित्यालको रुक्सेभन्ज्याङ बस्ने गर्छिन । आफन्त र अन्यत्र नै उनी बस्ने गरेको स्थानीयले बताए । ‘यस घटनापछि घरमा बस्ने वातावरण नभएकाले बाहिरबाहिर बस्दै आउनुभएको छ स्थानीय पदम खाम्चाले भने, ‘गाउँले र परिवारबाट आफूलाई असुरक्षित ठानेर होला घरमा हुनुहुन्न । जेठो र कान्छो छोरा बुहारीसँग बस्दै आएकी वृद्ध परिवारबाटै असुरक्षित भएको स्थानीय गाउँलेले बताए । ६ महिना अघि देखिनै वृद्ध महिलालाई बोक्सीको आरोप लगाउँदै आएका थिए । आफ्ना छोराबुहारी समेतको सहयोगमा छिमेकी र सत्यवचन र विश्वासी धर्मालम्बी बताउने समूहले यातना दिँदै आएको थियो । बोक्सी भन्दै मानसिक र शारीरिक यातना सहन नसकेर वृद्ध महिलाले पटकपटक आत्महत्याको प्रयास समेत गरेको स्थानीयले बताए । छोराबुहारीकै सहयोगमा वृद्धमाथि जघन्य अपराध हुँदै आएको छ । स्थानीयका अनुसार छोराबुहारी र गाउँका सबैलाई अनुसन्धान गरेर दोषीलाई कारबाही हुनुपर्छ । ‘धर्मको नाममा यस्ता यातना सह्य होइन एक स्थानीयले भने, ‘दोषी हुन भने छोराबुहारी पनि कारबाहीमा पर्नुपर्छ । प्रहरीले वृद्ध महिलाको उजुरीको आधारमा दुई जना किशोरीलाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको छ । बोक्सी आरोपमा वृद्ध महिलालाई दुर्व्यवहार गर्ने र गालीगलौज गर्ने दुई किशोरी पक्राउ परेको प्रहरी नायव उपरीक्षक विनोद घिमिरेले बताउनुभयो । किटानी जाहेरीको आधारमा नवलपरासी बर्दघाट पूर्व नवलपुर विनय त्रिवेणी ३, धारादीकी १६ वर्षीया तमसरी सिंजाली र बर्दघाट पूर्व मध्यबिन्दु नगरपालिका १४ सारुडाँडा बस्ने १८ वर्षीया गीता कामुलाई पक्राउ गरेको हो । उनीहरुलाई थप अनुसन्धानका लागि प्रहरी कार्यालयमै राखिएको छ । पाँच सात जना किशोरी र महिलाको समूहले ती वृद्धामाथि बोक्सी भएको स्वीकार गर्न दबाब दिएका थिए । उनीहरुले वृद्ध महिलालाई बोक्सी आरोपमा कुटपिट गर्ने, नाङ्गै बनाउने र अपशव्द गालीगलौज गर्ने गरेको स्थानीयले बताए । मित्यालकै अरुणखोला छेउको रिपाहा गाउँमा ती वृद्ध महिलालाई नाङ्गै बनाएर यातना दिएको प्रत्यक्षदर्शीले बताए । सो समूहले धामी हल्लिएजस्तै गर्ने र बोक्सी आरोप लगाउने गरेको ती स्थानीयले बताए । किशोरी र महिलाको शरीर काम्ने र काम्दै ‘बोक्सी म हुँ भन्दै वृद्धको नाम लिने गरेका थिए । किशोरीहरुले हातमा बाइबल लिँदै अनौठौ खालको व्यवहार देखाउने र अनावश्यक अरुलाई लाञ्छना लगाउने गरेका छन् । ५० ६० जनाको समूहमासमेत उनलाई गालीगलौज गर्ने र अपशव्द बोल्ने गरेका थिए । नवलपरासीको राँकाचुली, मध्यविन्दु नगरपालिकाका विभिन्न स्थानबाट केही किशोरीहरु क्रिश्चियन धर्मको प्रचार गर्न गाउँमा आउने गरेका छन् ।