जनपत्रकार संगठनका केन्द्रीय सदस्य हमालको रिहाइको माग गर्दै कास्की प्रशासनमा धर्ना

प्रकाशित मिति:

बुटवल – जनपत्रकार संगठन नेपाललका केन्द्रीय सदस्य ओम हमालको रिहाइको माग गर्दै नेपाल पत्रकार महासंघ कास्की शाखाले बुधबार जिल्ला प्रशासन कार्यालय अगाडि पोखरामा धर्ना दिएको छ । नेपाली पत्रकार महासंघ कास्की शाखाका अध्यक्ष दीपेन्द्र श्रेष्ठसहितको टोलीले बुधबार जिल्ला प्रशासन कार्यालय पुगी पत्रकार हमालको रिहाइको माग गर्दै धर्ना दिएका हुन् । महासंघले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र समेत बुझाएको छ ।

पत्रकारहरुले पत्रकार ओम हमाललाई रिहा गर्न र सर्वोच्च अदालतको आदेश पालना गर्न सरकारलाई आग्रह गरेका समेत गरेको छ । गत भदौ ६ गते कास्कीको सिसुवाबाट पक्राउ परेका हमाललाई रिहा गर्न सर्वोच्च अदालते मंगलबार बन्दी प्रत्यक्षीकरण रिट जारी गरेको थियो । तर रिहा भएलगत्तै सर्वोच्च अदालतको गेट नजिकैबाट प्रहरीले फेरि पक्राउ गरेको छ । नेपाल पत्रकार महासंघ कास्की शाखाका साधारण सदस्य पत्रकार हमाल जनसञ्चार डट कम अनलाइनका सम्पादक समेत हुन् ।