एक बैंकको एटीएम कार्ड अर्को बैंकमा नचल्ने

प्रकाशित मिति:

काठमाडौं – नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स (नेप्स) ले केही बैंकका एटीएम मेसिनबाट अनाधिकृत रुपमा रकम निकालिएको सन्दर्भमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । नेप्सले एक विज्ञप्तिमार्फत कम्पनीका सदस्य बैंकहरु, सूचना प्रविधि सुरक्षा विशेषज्ञ, नियमकारी निकाय अनुसन्धानमा सक्रिय रहेको भन्दै हाल केही समयका लागि कम्पनीमा आवद्ध बैंक तथा वित्तीय संस्थाहरुको कार्ड सोही बैंकको एटीएम/पीओएस मेसिनमा मात्र चल्ने व्यवस्था मिलाइएकाे जनाएको छ।

नेप्सले ग्राहकको खातामा रहेको रकममा कुनै असर नभएको र निक्षेपकर्ताका रकम बैंकमा सुरक्षित रहेको पनि जनाएको छ । नेप्सले १८ वटा बैंक तथा वित्तीय संस्थाहरुलाई कार्डसम्बन्धी होस्टिङ र स्विचिङको सेवा प्रदान गर्दै आइरहेको छ । गत भदौ १४ गते चिनियाँ ह्याकरको एक समूहले एटीएमबाट रकम निकालेको थियो । सो कार्यमा संलग्न ३ नेपालीसहित ९ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ।