राष्ट्रियसभाका सांसदले गराए सरकारको ध्यानाकर्षण , जनता प्रती सरकार उनुदार वनेको आरोप

प्रकाशित मिति:

भाद्र ४   राष्ट्रियसभा सदस्यहरुले बाढी र पहिरो पीडितको राहत तथा उद्धारमा सरकारले चासो नदेखाएको भन्दै आलोचना गरेका छन् । आजको बैठकको बिशेष समायमा समसामयिक विषयमा धारणा राख्दै उनीहरुले गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराए । कांग्रेस सांसद बद्रि पाण्डेले पहिरोका कारण शनिबार बाजुरामा भएको क्षतिबारे सदनलाई जानकारी गराउँदै पीडितलाई तत्काल राहत उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराउनुभयो । बिस्थापितका लागि राहत, पुनस्र्थापना तथा क्षतिपूर्तिको व्यवस्थामा सरकार गम्भीर नभएको उहाँको आरोप थियो । नेकपाका सिंहबहादुर विश्वकर्माले सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका अन्तर्गतको तादी खोलाको पुल बगाउँदा स्थानीयलाई आवतजावतमा समस्या भएको तर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो । कांग्रेसका रमेशजंग रायमाझीले तराईका किसानले अहिले कृषि मल नपाउँदा समस्या भोग्नु परेको भन्दै तत्काल मल उपलब्ध गराइदिन माग गर्नुभयो । काग्रेसकी विन्दादेवी आले रानाले चौंथौ विमस्टेक सम्मेलन राष्ट्रिय सभा गृहमा नगरी अन्यत्रै गर्न लागेको भन्दै आर्थिक नोक्सानी हुने तर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो । विमस्टेक सम्मेलनमा नेपालको बढ्दो वैदेशिक घाटा र नेपाली वस्तुको भन्सार छुटको विषयलाई प्राथमिकताका साथ राख्न सरकारसँग उहाँको माग थियो । नेकपाका खेमराज नेपालीले गत श्रावण २९ गते मोरङ्गको लेटाङस्थित जाँते माविमा पिउने पानीमा किटनाशक औषधि हाल्ने दोषीको पहिचान गरी तत्काल कारबाही गर्न माग गनुभयो । यसैबीच, राष्ट्रिय सभाको आजको बैठकले ‘अपराध पीडित संरक्षण विधेयक सर्वसम्मतीले स्वीकृत गरेको छ । बैठकमा राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त ‘सार्वजनिक सुरक्षा पहिलो संशोधन विधेयक २०७५ टेबुल गर्नुभएको छ । राष्ट्रिय सभाको अर्को बैठक भोलि बिहान ११ बजे बस्नेछ