औलिया बाबाको औलिक कथा (पढ्नुहोस्)

प्रकाशित मिति:

चतरा – हिन्दु र ईस्लाम धर्मलमबीको अस्थाको केन्द्र एउटा स्थान छ भन्दा पत्याउन ग्राहो होला १ तर सुनसरीको चतराधाममा रहेको औलिया बाबाधाममा हिन्दु र ईस्लाम दुबै धर्मालमबीहरुको आस्था उतिकै रहेको छ । बिश्वमा शक्तिशाली राष्ट्रहरुका बिच धार्मिक द्बन्द चर्किने तथ्यांक र अनुमानहरु सार्बजानिक भई रहदा नेपालको चतराधाममा दुई धर्मका मानिसहरुले आफ्नो ईश्वर र अल्लाहको रुपमा श्रदा गर्ने गर्दछन् । नेपाल प्राचीन सभ्यता , संस्कृती र इतियास गर्भिलो भएको देश हो । पुरातात्बिक एैतियासिक मठले नेपाल श्रग्रारिको नै छ । सांसारमा धार्मिक र प्राचीन कुराका खोज र अनुशन्दान गर्नेहरुकालागि चतराधाममा रहेको औलिया वाबा मठको नाम पनि अग्रपनिमा रहेको अनुपम स्थानको रुपमा नै रहेको छ ।वराहक्षेत्र वडा नं १ मा रहेको औलिया मठ भित्र एैतियासिक पौराणिक गद्बि घर, शिव मन्दिर , गणेश मन्दिर, राधाकृष्ण मन्दिर, भैरव मन्दिर, काली मन्दिर , भिमसेन थान, गद्बी घर जस्ता पुरातात्त्विक महत्वका देवालयहरु रहेका छन् । जुन कुराहरु खोज र अनुशन्दान गर्न चाहनेकालागि उचित र अनुपम स्थान बन्न सक्छ । १८ औ सताब्दीमा सेन वंसिय राजा मुकुन्द सेन र प्रधानमन्त्री जंगबहादुर राणा पुर्वि नेपालमा रहेको वराहक्षेत्र तिर्थघाटकालागि आएका थिए । वराह भगवान दर्शन गर्न आएका राजा मुकुन्द सेनको नजर एकसी वराहक्षेत्र मन्दिरद्बारमा रहेको औलिया क्षेत्रमा परे पछि ऊनि औलिया बाबाको दर्शन गर्न पुगे ।

राजा मुकुन्द सेनलाई देख्न साथ बाबाले तिम्रो हार कुन हो चिन र लग भन्दा राजा छक्क परे ।सवै हार उस्तै देखेर राजा मुकुन्दले यी बाबा सिद्ब पुरुष नै हुन यकिङ्ग गरि मलाई हार हैन मेरा सन्तान नभएकाले सन्तानको चाहना गरे छन् । बाबाले पनि सन्तानको चाहना पूरा हुन्छ तर चार सन्तान मध्य एक सन्तान मलाई दिनु पर्ने औलिया बाबाको चाहनालाई राजा मुकुन्द सेनले सहमती जनाए पछि बि.सं. १८२१ मा औलिया बाबाको गद्बी निर्माण र रेखदेख गर्ने ब्यक्ति समेत पढाए पछि औलिया बाबा स्थापित हुन पुगेको धार्मिक बिश्बास र एेतिहासिक दस्ताबेतबाट पाउन सकिन्छ। हिन्दु र मुस्लाम दुबै धर्मलामबीको आस्थाको केन्द्र रहेको सुनसरीको चतराधाममा रहेको औलिया बाबा मठ एक अलौकिक र अनुपम स्थलको रुपमा रहेको छ । १८ औ सताब्दीमा राजा मुकुन्द सेनले औलिया बाबाको दर्शन गर्दा सन्तान प्राप्ती भए पछि पुर्वी नेपालमा बाबाको शक्तिको चर्चा हुन थाल्यो । अझ पुर्बी नेपालमा औलोले ग्रस्त पारे पछि सिद्बबाबाले फुके पछि औलो निको हुन थाले पछि झन बाबाको चर्चा पुरै नेपालभर नै फैलिन थाल्यो । जति वेला बाबाले फुके पछि औलो निको भए पछि सिद्बवावालाई औलिया बाबाको रुपमा पुजा गर्न थालिएको स्थानियहरुको बिश्बास रहेको छ । औलो नोको पार्ने सिद्बबाबा वराहक्षेत्र मन्दिरको पनी पुजारी भएकाले ऊनि रुपालमा बसेर कोशि नदिवाट वराहक्षेत्र जाने आउने गर्ने धार्मिक बिश्वास समेत रहेको छ ।
हिन्दु धर्मालमबीहरुले अौलो निको पार्ने र सन्तान प्राप्ति गराउने बाबाको रुपमा सिद्ब बाबालाई लिन थाले भने यता इस्लामधर्मालमबी मुसलमानहरुले पनि अल्लाह बाबाको रुपमा औलिया बाबालाई श्रदा गर्न थाले । इस्लाम धर्ममा मुसलमानहरु औलिया शब्दलाई सिद्ब पुरुष, सन्त, वली , फकिर हुन भन्छन् । अंग्रेजी शब्दकोषमा हेर्दा औलियाको अर्थ पनि मुसलमान सन्त भेटिन्छ । अल्लाको अप्रभ्रष रुप औलिया र मुसलमानसंग औलिया बाबा सम्बन्धि ग्रथ नै रहेको इस्लाम सन्तहरु बताउनछ् । हिन्दुहरुले भगवान शिवको अवतारको रुपमा पुजित औलिया बाबालाई मुसलमानहरुले श्रदा भाव राख्ने सन्दर्भले हिन्दु र इस्लामीलाई एक ठाउमा राख्ने काम गरेको स्थानियहरुको बिस्बास रहेको छ ।

पश्चिम भारतको महाराष्ट्रमा रहेको शिरडि गाउका साईबाबालाई पनि हिन्दु र ईस्लामहरु दुबैको आस्था रहेको छ । शिरडिका साईवाबा भन्दा सयौ बर्ष अगाडी नेपालमा हिन्दु र इस्लामहरुले श्रदा र सम्मान गर्ने औलिया बाबाधाम हामी सबैले गर्भ गर्न लायक स्थान रहेको स्थानिय धार्मिकज्ञाता प्रल्लाद भट्टराईको तर्क छ । अौलिया बाबा र साईबाबाका बिच कतिपय प्रसंग मिल्दाजल्दा हुनु दुबै धर्मकालागि जिवनकाल भरि मात्र हैन मूत्यू पर्यनत पनि जिवनिय हुनु औलिया बाबा जस्तै साई बाबाको माता, पिता जस्ता कुराको जानकारी नभएको ऊनको बुझाई रहेको छ । आज भन्दा केही बर्ष अगाडि मात्र निधन भएका साईबाबाका तुलनामा औलिया बाबा सयौ बर्ष अगाडि स्थापित भएको जनश्रृती रहेको छ । हिन्दु र ईस्लाम दुबैकालागि यो संस्थल एउटा पवित्र र पुण्य क्षेत्रको रुपमा रहेको वराहक्षेत्र वृहत् बिकाश समिति महासचिव भेषराज घिमिरे बताउछन् । ऊनि भन्छन् दुवै धर्मको बिश्बासको केन्द्र रहेकाले संसारकालागि औलिया बाबाको महत्व अपार रहेको छ ।औलो निको पार्ने औलिया बाबा र इस्लाम धर्मलमबिहरुको सुफि सन्तको रुपमा रहेको औलिया बाबा खोज र अनुसन्दान गर्नेहरुकालागि अनुपम क्षेत्रको रुपमा रहेको छ । नेपाल र नेपालीकालागि मात्र नभइ यो पबित्र थलो सारा संसारकालि अनुपम स्थानको रुपमा रहेको छ । पछिल्लो समय स्थानियको पहल र स्थानिय सरकारको चासोले भेतिक फड्को औलिया बाबाले मारि रहेको छ । ओलमा परेको पुरात्वबिक तथा एैतियासिक महत्व बोकेको औलिया बाबाको मन्दिरको गत आर्थिक बर्ष जिणद्बार समेत गरिएको थियो । वराहक्षेत्र नगरपालीकाको १५ लाख सहयोगमा जिणद्बार गरिएको औलिया बाबा मठका संरक्षण समिति सचि उदय ठटालले बताए । सेन बसिय राज मुकुन्द र पुर्ब प्रधानमन्त्रि जंग बहादुर राणाले निर्माण गरेको मन्दिरको भौतिक निर्माण, मर्मत, रङ्गरोगन जिणद्बारका लागि पहिलो पटक सरकारबाट सहयोग पाएको सो मन्दिर संरक्षण मञ्चका ठटालले जानकारी बताए।नगरपालिकाले बिनियोजन गरेको रकमबाट सबै मंन्दिरमा मार्बल लगाउने, औलिया र सिवालय मन्दिर वरिपरी स्टील को रेलिंग लगाउने, मूल गेट मर्मत गरने, रंग र बीजूली वायरिंग ब्यावस्थित गर्ने, पुरानो चौतरा मर्मत गरीने, भतकेका पख़ाल पनी मर्मत गरिएको थियो ।