​मुलपानीमा बनाउँदा बनाउँदै यसरी भत्कियो ग्रिनहिल सिटी हाउजिङको घर

प्रकाशित मिति:

काठमाडौं – काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका मूलपानीमा गए रातिको वर्षाले एउटा निर्माणाधीन घर भत्किएको छ। मूलपानीस्थित ग्रिनहिल सिटी हाउजिङको दुई तले घर राति २ बजे भत्किएको हो।

घरको संरचनामात्र तयार भएकाले घटनामा कुनै मानवीय क्षति भने भएको छैन। संरचना कमजोर भएर घर भत्किएको हो कि माटो नै कमजोर हो भन्नेबारे अध्ययन भइरहेको ग्रिनहिल सिटी हाउजिङले जनाएको छ। ‘हामी अध्ययन गरिरहेका छौं,’ हाउजिङका एक कर्मचारीले भने।कागेश्वरी मनोहरा–६ का वडा अध्यक्ष प्रकाश फुयाँलले मूलपानीका अन्य स्थानमा पनि हिजो राति स–साना पहिरो गएको तथा घर भित्र पानी पसेको बताए।