भारतीय जीपको ठक्करबाट अञ्चलपुरमा थारु दम्पत्तिको मृत्यु

प्रकाशित मिति:

सबलपोस्ट/ बुटवल – बुटवल–भैरहवा सडक खण्डको अञ्चलपुरमा भारतीय नम्बर प्लेटको जीपले ठक्कर दिंदा मोटरसाइकलमा सवार दुईजनाको ज्यान गएको छ । दुर्घटनामा परी रुपन्देहीको ओमसतिया गाउपालिका वडा नंं ३ लालपुरका अन्दाजी ५८ वर्षिय प्रेमजित थारु र उनकी श्रीमती ५६ वर्षिया बासमति थारुको ज्यान गएको हो ।

भैरहवाबाट बुटवलतर्फ आउंदै गरेको लु २४ प २८३५ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ आउंदै गरेको यूपी १४ सीबी ००११ नम्बरको जीपले ठक्कर दिंदा थारु दम्पत्तिको मृत्यु भएको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । मोटरसाइकललाई ठक्कर दिएर भागेको जीप र चालकलाई मंगलापुर प्रहरी चौकीले नियन्त्रणमा लिएको छ ।