विद्यार्थीको क्षमता विकास गर्न अङ्ग्रेजी भाषामा हिज्जे प्रतियोगिता हुने

प्रकाशित मिति:

रासस/ललितपुर – महालक्ष्मी नगरपालिकाका विद्यालयमा अध्ययनरत विद्यार्थीको क्षमता विकास गर्न अङ्ग्रेजी भाषाको हिज्जे प्रतियोगिता हुने भएको छ । यही भदौ २३ र २४ गते नगरपालिका वडा नं ६ भित्र सञ्चालित नेपाल डनबस्को स्कुल लूभूमा सो प्रतियोगिता आयोजना हुन लागेको नगरपालिका शिक्षा शाखा प्रंमुख रामबन्दु सुवेदीले जानकारी दिनुभयो ।

दुईदिने सो प्रतियोगितामा भाग लिन माध्यमिक तहका इच्छुक हरेक विद्यार्थीले निः शुल्क सहभागिता जनाउन पाउने नगरपालिका शिक्षा समन्वयकर्ता राजेन्द्रविक्रम कार्कीले बताउनुभयो । उक्त प्रतियोगितामा नेपाल इङ्लिस ल्याङ्ग्वेज टिचर एशोसियशनको प्राविधिक सहयोग रहने बताइएको छ ।