पत्रकार महासंघलाई सञ्चारमन्त्रीको आग्रह – सरकारको विरोधमा वक्तव्य मात्रै जारी नगर्नुस्

प्रकाशित मिति:

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सरकारको विरोधमा वक्तव्यमात्रै जारी नगर्न नेपाल पत्रकार महासंघलाई आग्रह गरेका छन् । सरकारका प्रवक्तासमेत रहेका मन्त्री बाँस्कोटाले जे राम्रो गर्ने हो, त्यसलाई निष्कर्षमा पुर्याउन महासंघले विरोधको वक्तव्य नभई बहसमै उत्रनुपर्ने पनि स्पष्ट पारे ।

बुधबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा पुगेका महासंघका पदाधिकारीसँगको भेटमा उनले न्यूनतम पारिश्रमिक लागू गराउन ठूला मिडिया हाउसलाई पुनः सचेत पनि गराए । उनले न्यूनतम पारिश्रमिक लागू गराउन एक वर्षयता पहल गरिरहे पनि त्यसमा सफलता प्राप्त गर्न नसकेकोमा आफू दुःखी रहेको पनि बताए । मन्त्री बाँस्कोटाले ठूला मिडिया हाउसले न्यूनतम पारिश्रमिक लागू गराउन अटेर गरेकोमा आपत्ति जनाए । मन्त्री बाँस्कोटाले कार्यक्षेत्रमै दुर्घटनामा परेका पत्रकारहरुलाई विशेष व्यवस्था हुने गरी कानुन बनाउने तयारीमा सरकार रहेको उल्लेख गर्दै त्यसलाई समृद्ध बनाउने विषयमा नेपाल पत्रकार महासंघबाट ठोस प्रस्तावको अपेक्षा गरिएको पनि बताए ।