विष्णु घिमिरे/बुटबल – समाज सेवा स्वार्थ भन्दा माथि सेवाको भावले २०७३ सालमा स्थापना भएको रोट्रयाक्ट क्लब अफ बुटबल रामापिथेकसले आफ्नो ४ औं पदस्थापन कार्यक्रम भाद्र २१ गते शनिबार साझ अमरपालि कटेजमा गर्ने भएको छ । पदस्थापन कार्यक्रमलाई व्यवस्थित बनाउन आज बसेको बैठकमा बर्ष २०१९÷२० का अध्यक्ष दिपक चापागाइले विभिन्न विभाग निर्माण गरी कार्यक्रमको तयारी तिब्र भएको जानकारी गराएका थिए ।
वैठक सम्वोधन गदै प्रमुख अतिथि रोटरी क्लब बुटबल डाउन टाउनका अध्यक्ष जिवन अधिकारीले रोट्रयाक्ट क्लबहरु स्वार्थ भन्दा माथी सेवा हो भन्ने उद्देश्यका साथ लाग्न आग्रह गरे । सामाजिक काममा रोट्रयाक्ट क्लब बुटबल रामापिथेकसले खेलेको भुमिकालाइ प्रसंसा गदै अझ यसलाई प्रभाबकारी र व्याबस्थीत बनाए र लैजान आग्रह गरे । २१ गते हुने कार्यक्रमलाई व्याबस्थीत र अनुसासित तरिकाले तरिकाले समपन्न गर्न आग्रह गरे । यसको लागी आवश्यक परेको खण्डमा निरन्तर सहयोग गर्ने बताए ।
४ औं पदस्थापन कार्यक्रमलाई व्याबस्थीत बनाउन निम्ती संयोजक निरज आचार्यले कार्यप्रगति बारे चर्चा गर्दै लगभग तयारी अन्तिम चरणमा रहेको जानकारी गराउदै शनिबार अम्रपाली कटेजमा हुने कार्यक्रम भब्य हुने दावि गरेका थिए । यस्तै बर्ष २०१८/१९ का अध्यक्ष साजन भण्डारीले पदस्थापन बारे सल्लाह सुझाव दिदै आगामी दिनमा क्लब अझ गतिशिल हुनुपर्ने बताएका थिए कार्यक्रमलाइ थप मर्यादित व्याबस्थीत बनाएर अगाडी वढाउने गरि गर्न आग्रह गरेका थिए । कार्यक्रमलाइ प्रमुख अतिथिको रुपमा सम्वोधन बुटबल उपमहानगर पालिकाका प्रमुख शिबराज सुवेदिले आउने स्रोतको दावी छ । सो कार्यक्रमको लागि रोट्रयाक्क डिस्ट्रिक, रोटरीयन, जोन, छिमेकि क्लब, ब्रदर क्लब, सुभचिन्तक, पुर्व अध्यक्ष, समाज सेवि, विज्ञापन दाता तथा विभिन्न संघ सस्थालाई निमन्त्रणा गरेको क्लब बर्ष २०१८/१९ का सचिव विष्णु घिमिरे जानकारी गराएका थिए