सोलार पम्प सञ्चालन गर्न एडीबी सकारात्मक

१८ भाद्र २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया
33 Shares


काठमाडौं– उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुन ईन्डोनेसियाको भ्रमण सकेर स्वदेश फर्किएका छन् ।ईन्डोनेसियाको बालीमा भएको अन्तर्राष्ट्रिय जल तथा सिंचाइ आयोगको तेश्रो विश्व सिंचाई फोरममा सहभागी भएर मन्त्री पुन बुधबार स्वदेश फर्किएका हुन् ।सम्मेलनमा सहभागी हुँदा उनले इण्डोनेसियासहित विभिन्न देशका समकक्षी र विकास नियोगका उच्च अधिकारीसंग छलफल भएको जानकारी दिए ।‘विश्व सिंचाइ फोरममा आफ्ना अनुभव आदान प्रदान गर्न मद्दत पुग्नुका साथै नेपालको सिंचाई क्षेत्रमा गर्न सकिने सम्भावित परियोजनाका बारेमा समेत छलफल भयो ।’ मन्त्री पुनले भने ।भ्रमणकै क्रममा एसियाली विकास बैंक  एडिवी का निर्देशक मियो ओकासंग समेत भेटवार्ता भएको जानकारी दिए । भेटवार्ताका क्रममा एडिबीका निर्देशकसँग सर्लाही र रौतहटको सिचाईका विषयमा भएको छलफल सकारात्मक भएको जानकारी दिए । उनले १ हजार सोलार पम्प पुर्याउने विषयमा छलफल भएको जानकारी दिए ।

सर्लाही र रौतहटको ४० हजार हेक्टर जमिनमा सिंचाई सुविधा पुर्‍याउनको लागी एडिबीले अध्ययन गरिरहेको छ । मन्त्री पुनले त्यसमा थप सहयोग गर्न एडिबी तयार रहेको जानकारी दिए ।एडिबीले नेपालमा २० मेगावाटको सोलार विद्युत उत्पादन गर्ने परियोजनामा समेत अध्ययन गरिरहेको छ ।सिंचाई विभागकी महानिर्देशक सरिता दवाडीले मन्त्री पुनले भ्रमणको क्रममा एडिवी, विश्व वैंक र विभिन्न देशका उच्च अधिकारीसंग नेपालको सिंचाई क्षेत्रको अवस्था र सिंचाई व्यवस्थापनको वारेमा अनुभव आदान प्रदान गर्नुका साथै लगानीका वारेमा समेत छलफल भएको जानकारी दिइन् ।विश्वका ४० भन्दा धेरै देशका जलश्रोत तथा सिंचाई मन्त्रीसहित उच्च प्रतिनिधि मण्डलको सहभागिता रहेको फोरममा मन्त्री पुनले नेपाल सरकारले कृषि र सिंचाई गरेको कामका विषयमा धारणा राखेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • एकद्वार प्रणाली मार्फत वडा बिपन्नलाई राहत उपलब्ध गराउने
  • मनकारी घरबेटी : जसले काठमाडौमा रहेको घरको भाडा नलीने
  • मनकारी घरबेटी : जसले १६ सटरको भाडा नलीने
  • शिर्जनशिल बहुउद्देशीय क्लव द्धरा मास्क र साबुन वितरण
  • अधिवक्ता कृष्ण पोखरेल द्धारा घर भाडा छुट दिने घोषणा ।
  • नेविसंघले वितरण गर्यो सन्चारकर्मीलाई मास्क, स्यानिटाइजर, र ग्लोब्स
  • कोरोनाको रोकथाममा सरकार गैरजिम्मेवार बनेकोप्रति नेकपा नवलपुरको आपत्ति
  • वली सरकार जनताको जनजीविका र स्वास्थ्यप्रति गम्भीर बनेन : सङ्गम,…
  • सहायताको नाममा चन्दा उठाउन र आँफूखुसी वितरण गर्न नपाईने :…
  • काग्रेस प्रवक्ताले भने संकटका नाममा भ्रष्टचारले उन्मुक्ति पाउनुहुन्न