जेष्ठ नागकिहरुको सुरक्षा र अपराध नियन्त्रण समबन्धमा भेटघाट, छलफल तथा अन्र्तकृया कार्यक्रम सम्पन्न

प्रकाशित मिति:

नवलपरासी-ईलाका प्रहरी कार्यालय बर्दघाट पशिचम नवलपरासी र जेष्ठ नागरिक सवा समाज नेपालको सयुंक्त आयोजनामा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत जेष्ठ नागकिहरुको सुरक्षा र उनिहरु विरुद्ध अपराध नियन्त्रण समबन्धमा भेटघाट, छलफल तथा अन्र्तकृया कार्यक्रम बुधबार बर्दघाट नगरपालिका वडा नम्बर ९ भुतहामा अवस्थित स्वर्णिम प्रतिष्ठानको सभाहलमा सम्पन्न भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक विरेन्द्र थापाको अध्यक्षता तथा बर्दघाट नगरपाकिाका नगर प्रमुख धिरज शर्मा बस्यालको प्रमुख आतिथ्यता एवं जेष्ठ नागरिक सेवा समाज नेपालका केन्द्रिय उपाध्यक्ष रामचन्द्र अधिकारीको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा सहभागी बृद्ध बृद्धाहरुले आ आप्ना राय, सुझाव सल्लाह राख्दै जेष्ठ नागरिकहरुले आफ्ना समस्याहरु तथा पाउनुपर्ने सेवा सुविधाका बारेमा राज्यले ध्यान पुर्याओस भन्ने अपेक्षा रहेको बताएका थिए ।

सो अवसरमा अतिथिहरु नेपाल पत्रकार महासंघ पुर्व जिल्ला सभापति केशव ज्ञवली, बर्दघाट नगरपालिका वडा नम्बर २, ४ र ९ वडाका वडाध्यक्षहरु, स्थानिय समाजसेवी, बुद्धिजिवी लगाएत जेष्ठ नागकिहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक विरेन्द्र थापाले जेष्ठ नागरिकहको समस्या र उनिहरुको सुरक्षाका विषयमा प्रहरीले प्राथमिकतामा राखेको बताउदै उहाँले आप्ना समस्याहरु निर्धक्क भएर भन्न र प्रहरीले ती समस्या समाधानका निम्ती सदैव कटिबद्ध रहने स्पष्ट पार्नुभयो । सो कार्यक्रमको सञ्चालन ईलाका प्रहरी कार्यालय बर्दघाटका प्रहरी प्रमुख हिम बहादुर केसीले गर्नुभएको थियो ।