हामी सबैको एउटै नारा समृद्ध नेपाल सुखी नेपाली : सांसद पौडेल

प्रकाशित मिति:

कौरव खत्री -बागलुङ /हामी सबैको एउटै नारानेपाल कम्युनिष्ट स्थायी कमिटी सदस्य तथा स्कुल विभाग उपप्रमुख देवेन्द्र पौडेलले हामी सबै नेपालीको एउटै साझा एजेण्डा भनेकै समृद्ध नेपाल सुखी नेपाली भएको बताए ।राष्ट्रिय जनसाँस्कृतिक महासंघ नेपाल बडिगाड गाँउपालिका २ खर्वाङ्ग बागलुङले आयोजना गरेको खुल्ला तिजगित तथा नृत्य प्रतियोगितालाई सम्वोधन गदै प्रमुख अतिथि पौडेलले यस्तो बताए हुन ।

प्रतिनिधि सभा सदस्य क्षेत्र नं. २ बागलुङका माननीय देवेन्द्र पौडेलले सदनभित्र प्रतिपक्षले कुरो उठाउदा पनि सरकारलाई विकासकै कामका बारेमा र सडक निर्माण र भष्ट्रचार लगायतमा विषयमा कुरा उठाएकोले सरकार पनि त्यसैको समाधानमा लागेकोले अव हामी सबै नेपालीको साझा एजेण्डा विकास समृद्धि र शुसासनको एजेण्डा भएको बताए ।साथै नेता पौडेलले बाहिर हल्ला गरे जस्तो साचो नभएको दावी गदै नेता पौडेलले गुल्मी र बागलुङ दुवै जिल्लाका समस्या एक आपसमा मिलेर समाधानमा मिलेर यो देशको भावनामा जोडिएर जिल्ला वारी र पारी नभएर साझा विकासका निम्ति एक बन्न सबैलाई आग्रह गरे ।साथै नेकपाका स्कुल विभाग उपप्रमुख समेत रहेका नेता पौडेलले पुराना पुस्ताहरुलाई सम्मान र सल्लाह लिदै यो देश निर्माण गर्ने जिम्मा अव युवा पुस्तामा आएकोले देशको समस्यासँग जुध्दै यो देशलाई विकसित र समृद्ध बनाउदै अगाडी बढाउने जिम्मा अव युवा पुस्ताको भएको बताए । साथै यस क्षेत्रको सडक निर्माण र खानेपानी लगायतका विकास निर्माणका गतिविधिहरुको आफू लागि परेको बताए ।