इरानले बेलायती पानीजहाजका ७ कर्मचारीलाई रिहा गर्ने

प्रकाशित मिति:

एजेन्सी –इरानले बेलायती ध्वजावाहक पानीजहाजसँगै नियन्त्रणमा लिएका ७ कर्मचारीलाई रिहा गर्ने घोषणा गरेको छ ।इरानको राज्य नियन्त्रित सञ्चारमाध्यमका अनुसार इरानमा नियन्त्रणमा रहेका ७ कर्मचारीलाई रिहा गरिने जनाएको हो । इरानी विदेशमन्त्रालयका प्रवक्ताले जनाएअनुसार केही भारतीय नागरिकसहितका कर्मचारीलाई मानवताका आधारमा इरान छाड्न दिइने र केही समयपछि उनीहरुले इरान छाड्नेछन् ।

इरानले गत जुलाई १९ मा हर्मुजको स्ट्रेटमा बेलायती ध्वजावाहक पानीजहाज नियन्त्रणमा लिएको थियो । पानीजहाजसँगै त्यसमा काम गर्ने रुसी, भारतीय तथा लात्भियन नागरिकसहितका २३ कर्मचारीलाई समेत नियन्त्रणमा लिइएको थियो ।उक्त पानीजहाज सञ्चालक स्वीडिस कम्पनीले भने पानीजहाज रिहा गर्ने मितिबारे स्पष्ट भइनसकेको र बाँकी १६ कर्मचारी पानीजहाजसँगै रिहा हुने अपेक्षा गरिएको जनाएको छ ।