दुर्घटना अपडेट : जीप दुर्घट्नामा तिनको मृत्यु, २२ घाईते

प्रकाशित मिति:

स्याङ्जा – पाल्पाको रम्भा गाँउपालिकाको हुगीबाट स्याङ्जाको गल्याङ् तर्फ आइरहेको जीप बुधवार दिउसो दुर्घट्ना हुदा ३ जनाको मृत्यु भएको छ भने २२ जना घाईते भएका छन् । ग १ ज ३८३१ नम्वरको जीप गल्याङ नगरपालिका बजार नजिकै विपिसीको उकालोमा दुर्घट्ना हुदा ३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घट्नामा रम्घा हुगीकी ५५ बर्षिय खनीमाया नेपाली, सोही ठाँउकै ३४ बर्षिय मन्जु भण्डारी गैह्रे र ९ बर्षिय बालक वालिङ १३ का प्रशन्न परियारको मृत्यु भएको हो । गैह्रे र नेपालीको उपचारका क्रममा मृत्यु भएको हो भने बालकको घट्ना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाईते मध्ये २२ जनाको पाल्पा स्थित मिसन अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । ४ जनाको गल्याङ् स्थित अस्पतालमा उपचारपछि घर फर्केको प्रहरीले जनाएको छ । थप उपचारका लागि पाल्पाको तानसेन पठाईएका घाईते मध्ये १२ महिला र ८ जना पुरुष र ३ जना बालक रहेकाछन् । दुर्घटनामा तिज मनाएर फर्किएका महिलाहरु परेको बताईएको छ । अत्यन्तै ओभरलोडका कारण दुर्घट्ना भएको प्रहरीको अनुमान रहेको छ । जीप झण्डै सडकबाट झण्डै ४०० मिटर तल खसेको प्रहरी चौकी गल्याङले जनाएको छ । चालक घाईते भएको वा फरार रहेको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको गल्याङ प्रहरीले जनाएको छ ।