अब हाँसो हेरेरै थाहा पाउनुस मानिसको स्वभाव

प्रकाशित मिति:

एजेन्सी –के तपाईं अरु मानिसको स्वभाव जान्न चाहानुहुन्छ रु त्यसो हो भने तपाईं कुन व्यक्तिको हाँसो कस्तो छ त्यसमा ख्याल गर्नुस् । समुन्द्र शास्त्रमा उल्लेख भए अनुसार कुनैपनि मानिसको स्वभाव उसको हाँसोबाट थाहा हुन्छ । खित्का छाडेर हाँस्ने  कुनैपनि व्यक्ति खित्का छाडेर हाँस्छन् भने त्यस्ता व्यक्ति उत्साही प्रवृत्तिका हुन्छन् । समुन्दशास्त्र अनुसार त्यस्ता व्यक्तिको बौद्धिक क्षमता समेत उच्च हुन्छ ।

उनीहरु सहनशील हुनुका साथै मनमा कुनै पनि प्रकारको छलकपट नहुने प्रकारका हुन्छन् ।जोडले आवाज निकालेर हाँस्ने  जो व्यक्ति जोड सँग आवाज निकालेर हास्छन् भने त्यस्ता व्यक्ति स्भाभिमानी र परिश्रमी खालका हुन्छन् । उनीहरुको जीवन पनि सफल हुन्छ ।मन्द मुस्कानसहित हाँस्ने  मन्द मुस्कानसहित मुस्कुराउने व्यक्ति बुद्धिमानी र गम्भीर प्रवृत्तिका हुन्छन् । उनीहरु छिट्टै रिसाउँदैनन् यतिमात्र होइन जस्तो सुकै कठिन समयमा पनि धैर्यताका साथ काम गर्छन् ।