अंगारले छाला चम्किलो बनाउने घरेलु तरिका यस्तो छ

प्रकाशित मिति:

एजेन्सी –आगोको कोइला अर्थात् अंगार कालो हुन्छ भन्ने सवैलाई थाहा छ । तर, त्यही कालो अंगारभित्रको सेतो विशेषताबारे जो कोहीलाई थाहा नहुन सक्छ । दाँत चम्काउन मात्र होइन छाला चम्किलो बनाउन पनि अंगार विशेष मानिन्छ ।यसको प्रयोग जापानबाट थालिएको बताइन्छ । जापानमा अंगारको प्रयोग सफा र चम्किलो छाला बनाउन, ब्युटी इन्ग्रेडियन्टका रुपमा प्रयोग गरिन्छ ।

अंगार दुई किसिमको हुन्छ । एउटा कच्चा जुन दाउरा बालेर बचेको कोइला हो । यसले छालालाई कालो र फोहोर बनाइदिन्छ । अर्को एक्टिभेटेड अंगार, जुन कार्बनको प्रशोधित रुप हो । यसको प्रयोग क्लिन्जर, फेस मास्क, स्क्रब तथा साबुनको रुपमा हुन्छ । छालाका कतिपय समस्या समाधान गर्न एक्टिभेटेडले मद्दत गर्छ ।अनुहारमा ब्ल्याकहेडको समस्या छ भने यसको प्रयोग गरी ब्ल्याकहेड रिमुभल स्ट्रिप लिन सकिन्छ । यसले अनुहारको भित्रसम्म पुगेर ब्ल्याकहेडलाई जरैदेखि उन्मूलन गर्छ ।यति मात्र होइन, राम्रो क्लिन्जिङ प्रोपर्टीका कारण चारकोल बेस्ड प्रोडक्टहरु पोतो तथा डन्डीफोर हटाउन पनि उपयोगी हुन्छन् । यसले छालालाई बाहिरबाट मात्र नभई भित्री छिद्रसम्म पुगेर सफा गर्ने हुँदा अनुहारको चमक बढाउँछ ।हरेक राति अंगारको पेस्टले फेसवास गर्दा छाला भित्रैदेखि सफा र प्रदूषणमुक्त रहन्छ । टक्सिनजस्तै, मयल र तेलका लागि पनि यो निकै उपयोगी मानिन्छ ।