धुर्कोट गाउँपालिका द्वारा एम्बुलेन्स हस्तान्तरण

प्रकाशित मिति:

सबलपोस्ट/गुल्मी – गुल्मीको नमुना गाउँपालिका धुर्कोट गाउँपालिकाले आज एककार्यक्रमका बिच एम्बुलेन्स हस्तान्तरण गरेको छ । धुर्कोट प्राथमिक स्वास्थ्य केन्द्र , हाडहाडे स्वास्थ्य चौकी ,वाग्ला स्वास्थ्य चौकीको लागि ३ वटा एम्बुलेन्स गाउँपालिकाले प्रदान गरेको हो ।

हस्तान्तरण कार्यक्रम गाउँपालिका प्रमुख भुपाल पोख्रेलले पालिकामा स्वास्थ्य समस्या बाट कोही पनि बञ्चित हुन नपर्ने बताएका थिए । गाउँपालिका प्रमुख भुपाल पोख्रेल र उप -प्रमुख शिव बहादुर खत्रीको उपस्थितीमा एम्बुलेन्स हस्तानतरण गरिएको हो । कार्यक्रममा धुर्कोट गाउँपालिकाका स्वास्थ्य संयोजक प्रेम खनाल, सह-संयोजक डील्लीराज पराजुली एबम ३ वटै वडाका वडा अध्यक्ष, स्वास्थ्यका कर्मचारी एबम पालिकाका प्रतिनिधिहरुको उपस्थितिमा बितरण गरिएको थियो ।

गाउँपालिकाले आमसुरक्षा कार्यक्रम अन्तर्गत धुर्काेट गाउँपालिका भित्रका सुत्केरी हुने महिलालाई स्वास्थ्य केन्द्र सम्म लाने ल्याउने निशुल्क गर्ने गरेको बताए । गाउँपालिकाले आमसुरक्षा कार्यक्रम अन्तर्गत धुर्काेट गाउँपालिका भित्रका सुत्केरी हुने महिलालाई स्वास्थ्य केन्द्र सम्म लाने ल्याउने निशुल्क गर्ने गरेको छ ।