फस्टाउँदै बुटवलमा रेष्टुरेन्ट कल्चर

प्रकाशित मिति:

विवश विष्ट/ बुटवल – बुटवल शहर नेपालकै व्यस्त सहरमध्ये एक शहरका रुपमा परिचित हुँदै आएको छ। यहाको दैनिकि रुपमा जनसंख्या तिव्र रुपमा बढ्दै आएको छ। गुल्मी, पाल्पा, अर्घाखाँची, स्याङ्जा, पर्वत लगायतका जिल्लाबाट आफ्नो अध्ययन तथा अन्य कार्य क्षेत्रका रुपमा यस सहरलाई गन्तव्यको स्थान बनाउदै गर्दा यहाको जनसंख्या बढ्दै आएको छ। जनसंख्या बढ्दै गर्दा उनिहरुको माग र सेवालाई परिपुर्ति गर्नको लागि विभिन्न व्यापार व्यवसाय पनि बढ्दै आएकोमा स्थानिय व्यापारी खुसि देखिन्छन्। यहि माग लाई थेग्नको लागि रेष्टुरेन्ट तथा कटेजहरु पनि दिनानुदिन बढ्दै आईरहेका छन। बुटवल शहरमा अहिलेको तथ्यांकमा हेर्ने हो भने दैनिक रुपमा धेरै रेष्टुरेन्ट, क्याफे, कटेज लगायतका सुविधा सम्पन्न ठुलाठुला होटलहर संचालनमा आईरहेका छन। बुटवलमा पाँचतारे, तिनतारे नामले परिचित विभिन्न अन्तर्राष्ट्रिय होटलहरु, रेष्टुरेन्ट तथा बारहरु, क्याफे तथा कटेजहरु, सानासाना होटल तथा खाजाघरहरु हजारौं मात्रामा संचालनमा आएका छन। नगरबासिको माग परिपुर्ति गर्न तथा आफ्नो व्यापार व्यावसाय फस्टाउन र यसबाट राम्रो आम्दानीको स्रोत भएकोले रेष्टुरेन्ट संचालन गरेको नयाँ रेष्टुरेन्टका संचालकहरु बताउछन। नेपालमा बढ्दै गरेको बेरोजगारी न्युनिकरण गर्नमा समेत विशेष योगदान दिने हेतुका साथ नयाँ रेष्टुरेन्ट तथा बारहरु खोलिएका हुन।

आफ्नो देशमा केही गर्नुपर्छ पैसा कमाउनलाई बिदेश मै जानू पर्दैन भनेर राम्रो उदाहरण बनेका छन। बुटवलमा संचालित विभिन्न रेष्टुरेन्ट तथा लजहरु मध्ये सानाठुला गरि करिब ५०० भन्दा बढी रेष्टुरेन्ट संचालित छन। जस मध्ये मेरिगोल्ड होटल एण्ड रेष्टुरेन्ट सुख्खानगर, डेनेभो होटल कालिकानगर, अम्रपाली कटेज एण्ड रेष्टुरेन्ट चौराहा, ग्यालेक्सी क्याफे मिलनचोक, दियालो फुडल्याण्ड मिलनचोक, बुटवल दरबार राजमार्ग चौराहा, होटल एभिन्यु गोलपार्क , योर्स क्याफे देवीनगर, जाभा क्याफे लक्ष्मीनगर, सेन्ट्रल रेष्टुरेन्ट तथा लज मिलनचोक, सिदार्थ कटेज एण्ड रेष्टुरेन्ट कालिकानगर लगायतका चर्चित रेष्टुरेन्ट तथा क्याफे र पार्टि प्यालेसहरु प्रख्यात रुपमा संचालित छन। जसमध्ये डाएसिस ईन्टरनेसनल होटल, अतिथि होटल लगायतका अन्तर्राष्ट्रिय होटलहरु संचालित छन। यस लगायत अन्य नयाँ रेष्टुरेन्टहरु पनि संचालनमा आएका छन। आफु विदेश गएर काम गरि सकेपछि फर्केर नयाँ क्यफे संचालनमा ल्याएर योर्स क्याफेका संचालक ले आफ्नो क्याफे तथा रेष्टुरेन्टका बारे यसरी बताउछन। उनले भन्छन हाम्रो क्याफे नयाँ नयाँ भएता पनि राम्रो व्यापार गर्न सफल भएको छ। ग्राहकको माग लाई मध्यनजर गर्दै जन्मदिन तथा अन्य पार्टीहरु गर्न आउनुहुन्छ।अन्य खाजा नास्ता खान आउनुहुन्छ। अहिले मेरो मासिक आम्दानी करिब ५० हजार भन्दा बढी रहेको छ। सामान्य रुपमा संचालनमा ल्याएको यो क्याफे संचालन गर्न ५ देखि ६ लाख लगानी गरेको छु। प्रहरी प्रशासन बाट पनि रात्रीकालिन रुपमा क्याफे संचालन गर्न नदिएको हुदा मेरो यस रेष्टुरेन्टमा रात्रि ठप्प बन्द छ, राति १० बजे पछि क्याफे बन्द गर्ने गरेको योर्स क्याफेका संचालक सरोज जंग पाण्डेले हामीलाई बताउनु भयो।

बुटवलका रेष्टुरेन्टहरु मध्ये मेरिगोल्ड होटल एण्ड रेष्टुरेन्ट पनि एक हो। यो बुटवल सुख्खानगरमा अवस्थित छ। यस रेष्टुरेन्टले दैनिक सरदर ३० देखि ४० हजार भन्दा बढी आम्दानि गरेको रेष्टुरेन्टका संचालक हरि कार्की बताउनु हुन्छ। यश रेष्टुरेन्टमा हाल २० जनाभन्दा बढीलाई रोजगारी प्रदान गरिएको छ। यस रेष्टुरेन्टमा विशेषत विभिन्न कार्यक्रम आयोजना, पार्टि सेलिब्रेसन गर्दै आएको छ। उहाँका अनुसार बुटवलमा रेष्टुरेन्ट व्यवसाय एकदम फस्टिदै गएको छ। हाम्रो आम्दानी पनि दिनप्रतिदिन बढ्दै गरेको बताउनुहुन्छ। बुटवलमा ग्राहकको मागलाई मध्यनजर गर्ने हो भने अझै रेष्टुरेन्टको आवश्यकता रहेकोले व्यापार व्यवसाय अगाडि बढाउनु पर्ने बताउनु भयो। रेष्टुरेन्टबाट धेरै प्रकारका सेवा सुविधा पाउन सकिन्छ। बुटवल धेरैजसो रेष्टुरेन्टहरु सामान्य बर्गका रेष्टुरेन्टहरु रहेका छन। ती रेष्टुरेन्टको उदेश्य ग्राहकलाई सुविधायुक्त सेवा गर्नु र मनग्ये आम्दानी गर्नु रहेको सम्बन्धित व्यक्तिहरु बताउछन। सामान्य खाजाघर देखि लिएर ठुलाठुला पाचतारे तथा अन्तर्राष्ट्रिय होटलको सुविधा फरक नै त भैहाल्छ तर उदेश्य भने एउटै रहेको दुवै प्रकारका रेष्टुरेन्ट तथा होटलका संचालकहरु भन्छन। अन्तर्राष्ट्रिय रुपमा आएका पर्यटकहरु लाई सेवा सुविधा दिनु, उनिहरुलाई राम्रो खानपान तथा लोकल खानेकुराको व्यवस्था गर्नु, नेपाली परिकार खुवाउनु, होटलमा बस्दा हरेक क्षेत्रबाट सुविधा प्रदान गर्नु, सुत्ने व्यावस्था राम्रो गर्नु उनिहको कर्तव्य हो र यसबाट उनिहरुले आम्दानी गर्छन। त्यसैगरि सानासाना रेष्टुरेन्टहरुमा पनि स्थानिय तथा आन्तरिक पर्यटकहरुलाई सेवा सुविधा दिनु, ग्राहकले भनेअनुसार व्यवस्था गरिदिनु, हलहरुमा विभिन्न कार्यक्रम गर्ने जस्ता कार्यले स्थानिय सानासानि रेष्टुरेन्ट तथा कटेजहरुले पनि राम्रो आम्दानि गरेको बताएका छन।बुटवलमा दर्जनौं भन्दा बढी पाचतारे होटल तथा अन्तर्राष्ट्रिय होटलहरु रहेका छन। रेष्टुरेन्ट तथा कटेजहरु सयौं भन्दा बढी र सानासाना होटलहरु हजारौं रहेको पछिल्लो तथ्यांकले देखाएको छ। यसबाट राम्रो आम्दानीको स्रोत हुने हुदा यश तर्फ व्यापारीहरु अग्रसर भएको पाउन सकिन्छ।

अहिलेको सन्दर्भमा हेर्ने हो भने कुनै होटल तथा रेष्टुरेन्टहरु खाली देखिदैनन। तिज पर्व जताततै लागेको छ। बुटवल रहेका विभिन्न संघसंस्थाहरुले सानो तिज कार्यक्रम आयोजना गर्न परेपनि रेष्टुरेन्ट तथा कटेजलाई सम्झिनु बाध्यता छ। हरेक रेष्टुरेन्टका सेमिनार हरुमा विभिन्न कार्यक्रम दैनिक रुपमा प्याक हुँदै आईरहेका छन। अहिले त दर खाने कार्यक्रम चलिरहेको छ त्यसैले पनि हरेक रेष्टुरेन्ट क्याफे तथा होटलहरु पहिल्यै बुक हुने गरेको बुटवल मिलनचोक स्थित नया खोलिएको सेन्ट्रल जोन क्याफे तथा रेष्टुरेन्टका संचालक सुरेश क्षेत्री बताउछन। “आज शुक्रबार पनि एउटा टिमको कार्यक्रम सम्पन्न भैसक्यो अब स्वतन्त्र पत्रकार संघको कार्यक्रम छ उहाहरुले बुक गर्नुभाछ यसरी सेवा सुविधा दिएर आम्दानी गर्ने अनि देशमा गरेर केही गर्न सकिन्छ है भन्ने शन्देश फैलाउन पनि मैले रेष्टुरेन्ट खोलेको हो” उनले भने। यश अलवा चाडबार बाहेक पनि यस्ता होटल रेष्टुरेन्ट तथा कटेजहरुले राम्रो व्यवसाय गर्दै आएका छन। हरेक मानिसले अहिले जन्मदिन मनाउछन। जन्मदिनको पार्टी देखि लिएर अन्य विवाह भोजहरु समेत पार्टी प्यालेसमा गर्दै आएको हुदा यो क्षेत्रमा व्यापार फस्टिदै आएको छ। विवाह पार्टी, जन्मदिन पार्टी मात्र नभएर सार्वजनिक र सरकारी संस्थाहरुले हरेक प्रकारका कार्यक्रमहरु यीनै पार्टी प्यालेसहरुमा आयोजनाले गर्दा यो व्यवसाय फस्टिदै आएको छ।

रेष्टुरेन्ट तथा होटलका सकारात्मक मात्र नभई केही संचालकहरुको नराम्रो कामकारबाहीले गर्दा समग्र होटल क्षेत्रको अपमान पनि हुदै आएको राम्रो उदाहरण हामी बुटवलका रेष्टुरेन्टबाट सहजै भेट्न सक्छौँ। केही रेष्टुरेन्टका संचालकले पश्चिमा शैलीको रेष्टुरेन्ट कल्चर पनि भित्राईरहेका छन। केही संचालकहरु रेष्टुरेन्ट चलाउने गार्‍होका कारण पनि रेष्टुरेन्टलाई यौन धन्दाका रुपमा परिणत गर्दै आएका छन। यसबाट राम्रो आम्दानि हुने हुदा पनि गैरकानुनि रुपमा केही रेष्टुरेन्टका संचालकहरुले जबरजस्ती करण महिलाहरुको प्रयोग गरेर यौन धन्दा गर्दै गर्दा पुलिसले रङ्गेहात पक्राउ परेका समाचारहरु प्रशस्तै पाईन्छन। तर यो गैरकानुनि छ, यस्तो गर्न नेपाल सरकारको कानुनले दिदैन। नकारात्मक मात्र नभई यसका सकारात्मक पक्षहरु धेरै रहेका छन। पर्यटन क्षेत्रमा पनि महत्त्वपूर्ण भुमिका खेल्ने रेष्टुरेन्टको कल्चरलाई अग्रसर गराउनु पर्छ। जसले गर्दा रोजगारीको सिर्जना हुन्छ। आफ्नै गाउँठाउँ मा रोजगार गर्न स्थानियले पाउँछन्। यसबाट सेवा सुविधा त लिईन्छ नै सन्तुष्टि समेत प्रदान गर्छ। त्यसैले बुटवलमा भगवान गौतम बुद्ध जन्मेको लुम्बिनीबाट नजिक पर्ने स्थान भएकाले पर्यटकको गन्तव्य स्थान पनि हो। त्यसैले बुटवल क्षेत्रमा रेष्टुरेन्ट कल्चर जुन रुपमा फस्टिनु पर्ने हो त्यो रुपमा नफस्टिए पनि पहिलेको तुलनामा विस्तारै परिवर्तन आएको छ। समग्रमा हेर्ने हो भने पर्यटनका लागि स्थानिय स्तरको लागि र समग्र राष्ट्रका लागि बुटवल रेष्टुरेन्ट कल्चरमा सकारात्मक रुपमा अगाडि बढेको उदाहरणीय ठाउँ बनेको छ।