प्यूठान सम्पर्क मन्च रुपन्देहीद्धारा रक्तदान

प्रकाशित मिति:

प्युठान रुपन्देही सम्पर्क मञ्चले सोमबार बुटवलमा रक्तदान कार्यक्रम गरेको छ । रक्तदान कार्यक्रममा ५३ युनिट रगत संकलन भएको कार्यक्रम संयोजक भरत केसीले जानकारी गराएका छन् । मञ्चको वार्षिक कार्यक्रम अन्र्तगत रक्तदान कार्यक्रमको आयोजना गरिएको हो । रक्त सञ्चार सेवा केन्द्र बुटवलको प्राविधिक सहयोग र कृषि विकास बैंक क्षेत्रीय निर्देशक मिनराज पोखरेलको सहयोगमा रक्तदान गरिएको थियो । सोही रक्तदान कार्यक्रममा बोल्दै समाजसेवी तथा लेखक जंगबहादुर शाहाले नियम पूर्वक रक्तदान गर्नु मानवीय धर्म भएको बताए । रगत दान सबै भन्दा ठूलो दान भएको उल्लेख गर्दै रक्तदान भनेको प्राण दान भएको बताए । कार्यक्रममा मञ्चका निवर्तमान अध्यक्ष लोकराज पोखरेल, सल्लाहाकार तथा उपप्राध्यापक मुकुन्दराज पोखरेल, विनोद गिरी, मञ्चका उपाध्यक्ष बाबुराम एम्सी, कार्यक्रम संयोजक भरत केसी लगायतले बोल्दै सामाजिक कार्यक्रम अन्र्तगत रक्तदान कार्यक्रमलाई नियमति गर्नुपर्नेमा जोड दिएका थिए । मञ्चका अध्यक्ष पदमबहादुर जीसीको अध्यक्षता र सचिव श्यामलाल पोखरेलको सञ्चालनमा कार्यक्रम भएको थियो ।
मञ्चको आयोजनामा यही भदौ २२ गते बुटवलको फुलबारीमा तीजमिलन कार्यक्रम राखेको सम्पर्क मञ्चका कोषाध्यक्ष प्रदीप जीसीले जानकारी गराउनुभएको छ ।
रुपन्देहीमा बस्दै आएका प्युठानीहरुको सांझा संस्था प्युठान रुपन्देही सम्पर्क मञ्चले सामाजिक क्षेत्रमा पहिलेदेखि आफ्ना गतिविधि सञ्चालन गर्दै आएको छ ।