कतार विश्वकप फुटबलको छनोटका लागि आज नेपाल र कुवेत भिड्दै

प्रकाशित मिति:

बुटवल – कतारमा हुने २०२२ विश्वकप फुटबलका समूह बीको छनोट खेलमा आज नेपाल र कुबेतबीच खेल हुँदैछ । कुवेतको जविर अल अहमेद ईन्टरनेश्नल मैदानमा हुने खेल नेपाली समय अनुसार रातिको पौने ११ बजे सुरु हुनेछ । पहिलो पटक सिधै दोस्रो चरण खेल्न लागेको नेपाल समुह ‘बी’मा छ ।

नेपाल रहेको समुहमा एसियाली पावर हाउस मानिने अष्ट्रेलिया सहित कुवेत, जोर्डन र चाईनिज ताईपे समावेश छन् । नेपालले होम एण्ड अवेका आधारमा समुहका चार टिमसंग प्रतिस्पर्धा गर्नेछ । फिफा र बरियतामा नेपाल भन्दा कुवते दस स्थानमाथि रहेको छ । नेपालमा वरियता १ सय ६६ र कुवेतको १ सय ५६ रहेको छ । कुवेतको मौसममा अनुकुल हुनका लागि नेपाली टिम चार दिन अघि नै कुवेत पुगिसकेको छ । यो खेलमा सन् २०२३ मा हुने एशिया कपको पनि छनोट खेलको रुपमा रहेको छ ।