उद्योग ब्यापार संघ देवदह गठन

प्रकाशित मिति:

रुपन्देहीको देवदहमा उद्योग ब्यापार संघ देवदह गठन भएको छ । साविकको उद्योग ब्यापार संगठन रुपन्देही देवदह शाखाका पदाधिकारीहरुको संङ्लग्नतामा संघ गठन भएको भएको हो । गत साउन ३० गते जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा संघ संस्था दर्ता ऐन २०३४ संशोधित दफा ४ वमोजिम संघ दर्ता भएको संघका तदर्थ समिती संयोजक गोविन्द ठडराइले जानकारी दिनु भयो । संघमा संयोजक ठडराई संगै उपाध्यक्षमा मेघराज ढकाल र सचिवमा प्रशान्त गैरे चयन भएका छन । संस्थाको सदस्यहरुमा प्रेम थापा, शारदा गौतम, दुर्गा राना, अमृत बहादुर क्षेत्री लगायत रहेका छन । तदर्र्थ समितिले २ महिना भित्र साधारणसभा र अधिवेशन गरी विधिवत नयां नेतृत्व चयन गर्ने जनाइएको छ । नवगठित तदर्थ समितिको भेलाले विगतमा संस्था स्थापना,विभिन्न सामाजिक र संस्थागत कार्यक्रमहरु र दुई वटा औद्योगिक ब्यापार मेला सम्पन्न गर्दा सम्म सहयोग गरेकोमा उद्योग ब्यापार संगठन रुपन्देहीलाई धन्यवाद ज्ञापन गरेको छ । नेपाल राष्ट्रिय उद्योग ब्यापार संगठन केन्द्रीय कार्यालय काठमाडौं संग २०७४ चैत देखि सहकार्य गर्दै आएको संघले देवदह र रुपन्देहीका अन्य व्यवसायिक संघ–संस्थाहरुसंग सहकार्य गरेर अघि बढ्ने अध्यक्ष गोबिन्द ठडराईले बताउनु भएको छ । संघको भावी कार्ययोजनाबारे छिट्टै पत्रकार सम्मेलन गरेर जानकारी गराउने बताइएको छ ।