कागेश्वरी महामेला सुरु, डेढ लाख पर्यटक भित्र्याउने लक्ष्य

१९ भाद्र २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया
9K Shares


काठमाडौं– कागेश्वरी मनोहरा नगरपालिकाको गागलफेदीस्थित कागेश्वरी महादेव मन्दिरमा बिहीबारदेखि महामेला सुरु भएको छ । ३ दिनसम्म चल्ने मेलामा पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै १ लाख ५० हजार पर्यटक भित्र्याउने उद्देश्य रहेको मेला व्यवस्थापन समितिले जनाएकोे छ । कागेश्वरी नगरपालिकाका नगर प्रमुख एवम् महामेला व्यवस्थापन समितिका संरक्षक कृष्णहरि थापाले महामेला भव्य र सभ्य हुने बताउँदै देशभित्र र बाहिरका सबै भक्तजनहरुलाई निम्तो दिएको बताए । नगरपालिकाको नाम नै कागेश्वरी महादेव मन्दिरको नामबाट राखिएको हुँदा उक्त मन्दिरमा लाग्ने मेलालाई नगरपालिकाले बिशेष महत्व दिएको छ । नगरपालिकाले ३ दिनसम्म बिशेष कार्यक्रम गर्ने कार्यतालिका समेत बनाएको छ । धार्मिक पर्यटकीय स्थलका रुपमा विकास गर्ने उद्देश्यले नगरपालिकाले २ सय २७ किलो धातुको कागको मूर्ती स्थापना गरी कागेश्वरी महादेब मन्दिरको पहिचान बनाएको पनि थापाले जानकारी दिए ।

बिहीबार मेलाको उद्घाट्न गरी साहित्यिक कार्यक्रम सञ्चालन गर्ने, शुक्रवार धार्मिक प्रबचन र महात्म्य संचालन हुने र शनिवार मन्दिरको सरसफाई गर्ने कार्यक्रम रहेको उनले बताए । थापाका अनुसार मन्दिरको डिजाईन पुरातात्विक विभागबाट गराएको र ६ करोडको बजेट छुट्याएको साथै मन्दिर वरपर पर्यटकलाई लक्षित गरी भ्यू–टावर, पिकनिक स्पट बनाउने तयारी भइरहेको छ । ‘छोटो बाटोबाट पनि मन्दिरमा जान सकिन्छ’ उनले भने ‘सुन्दरीजल, गागलफेदी, कागेश्वरी नगरपालिका हुँदै छोटो बाटोको प्रयोग गरी जान सकिन्छ’ । नगरपालिकाले मन्दिरलाई धार्मिक पर्यटकीय तिर्थस्थलको रुपमा विकास गर्न लागेको छ ।

अहिले मन्दिरको विस्तृत परियोजना प्रस्ताव (डीपिआर) निर्माण गरी मन्दिर क्षेत्रको भौतिक संरचना निर्माण भइरहेका जनाइएको छ ।धार्मिक पर्यटकीय गन्तव्यको रुपमा परिचित यस क्षेत्रमा आन्तरिक एवं बाह्य पर्यटकको संख्या दैनिक बढ्दै गएको छ । नेपालकै धार्मिक पर्यटकीय क्षेत्रको रुपमा परिचित कागेश्वरी महादेवको मन्दिरमा हरेक बर्ष कागेअष्टमीका दिन बिशेष मेला लग्ने गरेको छ । कागे अष्टमीका दिन कागेश्वरी महादेवमन्दिरको दर्शन गर्नाले सम्पूर्ण पाप नाश हुने यस लोकमा सुख, शान्ति, र समृद्धि हासिल गरी परलोकनमा मोक्ष पाइन्छ भन्ने जनविश्वास रहँदै आएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • एकद्वार प्रणाली मार्फत वडा बिपन्नलाई राहत उपलब्ध गराउने
  • मनकारी घरबेटी : जसले काठमाडौमा रहेको घरको भाडा नलीने
  • मनकारी घरबेटी : जसले १६ सटरको भाडा नलीने
  • शिर्जनशिल बहुउद्देशीय क्लव द्धरा मास्क र साबुन वितरण
  • अधिवक्ता कृष्ण पोखरेल द्धारा घर भाडा छुट दिने घोषणा ।
  • नेविसंघले वितरण गर्यो सन्चारकर्मीलाई मास्क, स्यानिटाइजर, र ग्लोब्स
  • कोरोनाको रोकथाममा सरकार गैरजिम्मेवार बनेकोप्रति नेकपा नवलपुरको आपत्ति
  • वली सरकार जनताको जनजीविका र स्वास्थ्यप्रति गम्भीर बनेन : सङ्गम,…
  • सहायताको नाममा चन्दा उठाउन र आँफूखुसी वितरण गर्न नपाईने :…
  • काग्रेस प्रवक्ताले भने संकटका नाममा भ्रष्टचारले उन्मुक्ति पाउनुहुन्न