नेप्से सामान्य अंकले घट्यो

प्रकाशित मिति:

काठमाडौं – नेप्से सूचक बिहीबार ३.७० अंकले घटेर ११९१.०७ विन्दुमा अडिएको छ । १६७ कम्पनीको २९ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । ९ लाख ५७ हजार ८८१ कित्ता सेयर खरिदबिक्री भएका छन् । कुल ११ वटा समूहको कारोबार भएकामा २ समूहका सूचक बढेका छन् भने बाँकी तल झरेका छन् । वाणिज्य बैंक समूहमा ३.०३ अंकको ह्रास आएको छ । कारोबार रकममा नेपाल लाइफ इन्सुरेन्सले अग्रता लिएको छ ।

यसको १ करोड ५१ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । खरिदबिक्री रकमकै आधारमा दोस्रो र तेस्रो स्थानमा क्रमशः सिटिजन्स बैंक र एनआइसी एसिया बैंक परेका छन् । आँधिखोला हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै ९.७८ प्रतिशतले कमाएका छन् । अधिकतम गुमाउनेमा अरुण काबेलीका लगानीकर्ता छन् । यसको भाउ ६.९१ प्रतिशतले घटेको छ ।