युट्युबले तिर्नुपर्ने भयो १७ करोड डलर जरिवाना, यस्तो छ कारण

प्रकाशित मिति:

एजेन्सी – सबैभन्दा ठूलो सर्च इन्जिन कम्पनी गुगलको सहायक यूट्युबले ठूलो रकम जरिवाना तिर्नुपर्ने भएको छ । भिडियो शेयरिङ साइट युट्युबले अनअधिर्कत रुपमा बच्चाका डाटा संकलन गरेर दुरुपयोग गरेको भन्दै १७ करोड डलर जरिवाना तिर्नुपर्ने अमेरिकाको फेडरल ट्रेडड कमिशन (एफटीसी) ले दाबी गरेको छ । गैरकानुनी रुपमा बच्चाहरुको डाटा संकलन गरी तेस्रो पक्षलाई बेचेको गम्भीर आरोप यट्युबमाथि लागेको छ । बच्चाहरुको गोपनियता कानुनको उल्लघंन गरेको आधारमा सो जरिवाना तोकिएको हो ।

समाचार एजेन्सीहरुका अनुसार गुगलले एफटीसी र न्यूयोर्क स्टेट अटार्नीका सामुन्ने यूट्युबको गल्ती स्वीकार गरिसकेको र उसले जरिवाना तिर्न आफू तयार रहेको सहमति गरेको छ । आमाबाबुको बिना स्वीकृती कम्पनीले बच्चाहरुको डाटा संकलन गरेर अन्य कम्पनीहरुलाई दिनु युटुबको गल्ती भएको गुगलले स्वीकार गरेको हो । कुल १७० मिलियन डलर जरिवानामध्ये १३० मिलियन डलर एफटीसीमा र ४० मिलियन डलर न्यु योर्क अटर्नी जनरललाई युटुबले तिर्ने सहमति भएकाे जनाइएकाे छ ।

थप समाचार