गण्डकी विकास बैंकका ग्राहकहरुले नेपाल मेडिसिटी हस्पिटलबाट छुट पाउने ।

प्रकाशित मिति:

गण्डकी विकास बैंककाATM होल्डर ग्राहकहरु तथा बैंकका कर्मचारी र तिनिहरुको परिवारको उपचार खर्चमा काठमाण्डौं स्थित नेपाल मेडिसिटी हस्पिटलले उपचार खर्चमा छुट दिने भएको छ । एक कार्यक्रमका विच गण्डकी विकास बैंकको तर्फबाट बैंकका नायव प्रमुख कार्यकारी अधिकृत श्री समिर शेखर बज्राचार्य र नेपाल मेडिसिटी हस्पिटलको तर्फबाट जनरल म्यानेजर विजय रिमालले सो सम्वन्धी सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो ।
बैंककाATM होल्डर ग्राहकहरुले ख्बष्मि Valid ATM Card  लिई गएमा निज र निजको परिवारको उपचार खर्चमा तोकिए बमोजिमको छुट प्राप्त गर्न सक्नेछन् ।
वदलिदो परिस्थिती अनुसार ग्राहकहरुको चाहना बमोजिम बैंकका सेवालाई सर्व सुलभ र सहज रुपमा प्रदान गर्न आगामी दिनहरुमा बैङ्किङ्ग सेवालाई थप विविधिकरण र विशिष्टिकरण गर्दै लैजाने बैंकका प्रमुख कार्यकारी अधिकृत श्री रेशम बहादुर थापाले वताउनु भयो ।