नवीनमा स्कुलमा निर्माण गरिएको अभिभावक प्रतिक्षालयको शुभारम्भ

प्रकाशित मिति:

बुटवल –  नवीन औद्योगिक कदर बहादुर रीता मा.वि. देवीनगरमा निर्माण गरिएको अभिभावक प्रतिक्षालयको बिहीबार शुभारम्भ गरिएको छ । उक्त अवशरमा प्रतिक्षालयको शुभारम्भ गर्दै बुटवल उपमहानगरपालिका वार्ड नं. ११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्रीले अबको शिक्षा व्यवहारिकता र नैतिक शिक्षामा आधारित हुनु पर्ने धारणा व्यक्त गर्दै यस विद्यालयलाई यस अवस्था सम्म ल्याउनमा विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक एवं शिक्षक स्टाफहरुको लगावको उच्च मूल्याङ्कन गरेका  थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद खरेलको सभापतित्वमा प्रधानाध्यापक प्रेम बहादुर बस्नेतको संञ्चालनमा सम्पन्न कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष मदन विष्ट, सल्लाहकार अधिवक्ता वासुदेव शर्मा, वि.व्य.स. सदस्य विष्णुमाया भण्डारी लगायतले मन्तव्य व्यक्त गरेका थिए । विद्यालयमा नव निर्मित अभिभावक प्रतिक्षालयमा ट्रस,सेड, डेक्स,बेन्च, पंखा ख्याल , पत्रपत्रिका पढ्ने सुविधा रहेको छ । उक्त निर्माणमा विद्यालयका शिक्षक स्टाफ, प्रशिक्षक तथा कर्मचारीहरुको सहयोगमा निर्माण गरिएको हो । अभिभावक प्रतिक्षालय प्रत्येक विद्यालयको मापदण्डमा पर्ने गर्दछ ।