कांग्रेस धार्मिक स्वतन्त्रताको पक्षमा अडिग छ : निधि

प्रकाशित मिति:

काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले आफ्नो पार्टी धर्म निरपेक्षताको पक्षमा रहेको बताएका छन् ।पार्टीका महामन्त्री डा. शशांक कोइरालाले हिन्दु राज्यको पक्षमा वकालत गरिरहेका छन् । तर, उपसभापति निधिले हिन्दु राज्य बनाउने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।

बिहीबार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलन बोल्दै उनले संविधान निर्माणको नेतृत्व गरेको आफ्नो पार्टी धर्म निरपेक्ष राज्यको मान्यतालाई स्वीकार गरेर अघि बढिरहेको बताए । नेपाली कांग्रेसको चार तारे झण्डाको एउटा मान्यता धार्मिक स्वतन्त्रता भएको र धर्म निरपेक्षता पनि त्यसैको परिपूरक भएकाले सोही मान्यतामा अडिग रहेको उनले बताएका छन् ।