कान्तिमा स्वागत तथा सम्मान कार्यक्रम

प्रकाशित मिति:

बुटवल, ४ भदौं । बुटवल ४ स्थित कान्ति माबिमा नवआगन्तुक बिद्यार्थीलाई स्वागत तथा उत्कृष्ठ नतिजा ल्याउने बिद्यार्थीलाई सम्मान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बिभिन्न जिल्लाबाट उच्च शिक्षाको अध्ययनका लागि कान्तिमा कक्षा ११ मा आएका झण्डै ७ सयजना बिद्यार्थीहरुलाई स्वागत गरिएको थियो भने कक्षा १२ को परिक्षामा उत्कृष्ठ नतिजा ल्याउन सफल बिद्यार्थीलाई सम्मान गरिएको थियो । कान्तिमा कक्षा ११ र १२ मा झण्डै १३ सय बिद्यार्थी अध्ययनरत छन् ।
सो अवसरमा बिद्यालयका अध्यक्ष हेमानन्द शर्मा, प्राचार्य गोबिन्द ज्ञवाली, सहप्राचार्य चुडामणी पौडेल, शिक्षक राजेन्द्र शर्मा, बिद्यार्थीहरु गौरव अधिकारी, प्रकृति क्षेत्री लगाएतले बिद्यालयको शैक्षिक गुणस्तर बृद्धिमा बिद्याथी, शिक्षक र अभिभावक सबैको भुमिका महत्वपुर्ण हुने बताएका थिए । समारोहमा बिद्यार्थीहरुले बिभिन्न गीत, कविता लगाएतका रचना र साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । कार्यक्रममा कक्षा १२ मा उत्कृष्ट नतिजा ल्याउन सफल दिपिका पाण्डेलाई सम्मान गरिएको थियो ।