डेंगु संक्रमण अझै बढ्दो कृषिमन्त्रीसहित ६ हजारमा संक्रमण

१९ भाद्र २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया
53 Shares


काठमाडौं- कृषि तथा पशुपंछी विकास मन्त्री चक्रपाणि खनाललाई डेंगुको संक्रमण भएको छ । मंगलबार साँझबाट टाउको दुख्ने, ज्वरो आउने भएपछि उहाँको स्वास्थ्य परीक्षण गरिएको थियो । खनाललाई डेंगु संक्रमण भएको अस्पतालले जनाएको छ । हालसम्म करिब ६ हजार डेंगुबाट प्रभावित बनेका छन् ।कृषी मन्त्री खनाललाई शुक्रराज अस्पतालले बुधबार साँझ डेंगु संक्रमण पुष्टि गरेको रिपोर्ट दिएको थियो । त्यसपछि मन्त्री खनाल ग्राण्डी अस्पतालमा भर्ना हुनुभयो, उहाँको आइसीयुमा उपचार भइरहेको छ । गत ३० बैशाखमा पहिलो पटक धरानमा देखिएको डेंगुले अहिले महामारीको रुप लिएको छ । देशका ४२ जिल्लामा फैलिएको यो रोगको संक्रमणबाट झण्डै ६ हजार व्यक्ति विरामी परेका छन् ।चितवनमा ४ जनाको मृत्यु भएको छ भने देशका अन्य विभिन्न ठाउँमा पनि ४ जनाको मृत्यु भएको छ । यस बर्ष वर्षायाम भन्दा पहिल्यै देखिएको डेंगु संक्रमण अझै बढ्दो छ गत बर्षसम्म तराइमा देखिने डेंगु संक्रमण यस बर्ष पहाडी जिल्लाहरुमा समेत प्रकोप कै रुप लियो । हाल उपत्यका उच्च जोखिममा रहेको र संक्रमण देखिन सुरु भैसकेको बिशेषज्ञको भनाइ छ ।

शुक्रराज सरुवा रोग अस्पतालमा डेंगुका बिरामीको चाप बढेको छ । ३ महिनाको अन्तरालमा शुक्रराज अस्पतालमा ६० जना बिरामी भर्ना भएरै उपचार गराएका छन् । ओपिडीमा आउनेको संख्या ५ सयको हाराहारीमा छ । यसबर्ष डेंगु गत ५ बर्ष कै ठुलो प्रकोप देखिएको छ । डेंगु ज्वरोबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुका साथै लामखुट्टेको वृद्धि रोक्नु पर्छ ।डेंगुको संक्रमण तीनदेखि १० दिनसम्म रहने र यस समयमा विरामीलाई उच्च ज्वरो आउने, टाउको दुख्ने, पेट दुख्ने, वाकवाकी लाग्ने, आँखाको गेडी दुख्ने, जीउ जोर्नी दुख्ने, शरिरमा रातो रातो बिमिराहरु देखा पर्ने चिकित्सकहरुले जनाएका छन् । डेंगु एडिस एजिप्टाई जातको पोथी लामखुट्टे र एल्वोपिक्टस्को टोकाईबाट हुने भाइरल संक्रमण हो । समय मै उपचार नगरे यो संक्रमणले शरीरका बिभिन्न अंगलाई असर गरी ज्यानै लिन सक्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया